Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब सिन्धुपाल्चोकबाटै स्नातकोत्तर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३, चौतारा (रासस) | सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ ।

स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त्यस्ता विद्यार्थीका लागि सुविधा प्राप्त भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा सम्बन्धन प्राप्त भएपछि मूल विषय अङ्ग्रेजी र नेपालीमा कक्षा सञ्चालन हुनेछ । स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने ७७ जनाले फर्म भरेर ७१ जना प्रवेश परीक्षामा समेत उत्तीर्ण भएका छन् । उनीहरुमध्ये प्रायःजसो गृहिणी छन् भने केही कर्मचारीसमेत छन् ।

कक्षा सञ्चालनका लागि सुविधासम्पन्न भवनको व्यवस्था छ । हाल जनशक्ति र आर्थिक स्थिति केही कमी भए पनि त्यसलाई समाधन गर्दै लगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले वताउनुभयो ।

विसं २०५८ मा सम्बन्धनप्राप्त उक्त क्यामपसमा हाल स्नातक तहमा व्यवस्थापन, शिक्षा र विज्ञान सङ्कायमा गरी ३५० छात्रछात्रा अध्ययन गरिरहेका प्राध्यापक यज्ञप्रसाद दङ्गालले जानकारी दिनुभयो ।