हाजीरी नपुगेकै कारण बैतडीका ५० जना बिद्यार्थी एसइइ परीक्षा दिनबाट बञ्चीत

साझासवाल
2 Min Read

कृष्ण बिष्ट | चैत्र ३, बैतडी | बैतडीमा ५० जना विधार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ दिनबाट  बञ्चीत  भएका छन् ।  ३० छात्रा  र २० जना छात्र गरि ५० जना विद्यार्थीले यो  वर्षको एसईई परिक्षा दिनबाट  बञ्चीत भएका हुन ।

सम्बन्धित बिद्यालयमा   बिद्यालय सञ्चालन भएको ७५ प्रतिशत हाजिरी नपुगेपछि ५० जाना  बिद्यार्थीहरु  परीक्षा दिनबाट बञ्चीत हुने भएका हुन । बिद्यालयको खुलेको ७५ प्रतीसत बिद्यालयमा हाजीरी नभेटिए पछि ति बिद्यार्थीहरुले परीक्षामा सहभागी हुन नपाउने शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो ।

यही चैत्र १० गतेदेखि सुरु हुने एसईई परीक्षामा बैतडीबाट ५ हजार ८ सय १८ विद्यार्थी सहभागी हुँदैछन् ।  नियमिततर्फ २ हजार २ सय छात्र र ३ हजार १० छात्रा गरी ५ हजार ८ सय १८ सहभागि हुदै छन जसअन्तरगत  पूरक ग्रेड वृद्धितर्फका पुराना १ सय १४ नयाँ २ सय ७३ र प्राविधिक धारका ६९ विद्यार्थि  रहेको शिक्षा विकास तथा समन्वय एकाइ, शिक्षा विकास तथा समुन्वय एकाइ कार्यरत विद्यालय निरिक्षक शंकर दत्त जोशिले जानकारी दिनुभयो ।

सामुदायिक १ सय १९ संस्थागत र  ४ गरी जम्मा १ सय २३ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जिल्लाका २५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने निरिक्षक जोशिले बताउनुभयो । २५ वटै केनद्रका लागि १/१ एक केन्द्राध्यक्ष नियुक्ती गरिएको छ । बैतडीमा ग्रेडवृद्धी गर्ने विद्यार्थिका लागि दशरथ चन्द नगरपालिका अन्तरगतको बिरेन्द्र मावि साहिलेकमा एक मात्र केन्द्र निर्धारण गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply