2026-11-01 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सञ्चालन, सांसददेखि कलाकारसम्म परीक्षामा सहभागी

रमेश गिरी | चैत १०, भक्तपुर (रासस) | देशभर आज एकैसाथ शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा देशभर शान्तिपूर्णरुपमा सञ्चालन भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको र देशभर शान्तिपूर्ण, सौहार्द वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । 

देशभर एक हजार ९६९ परीक्षा केन्द्रमा कुनै अप्रिय घटना नघटेको बताउँदै उहाँले परीक्षामा कति विद्यार्थी अनुपस्थिति रहे र कर्मचारी कति कारवाहीमा परे भन्नेबारेमा आज साँझसम्म कुनै पनि प्रदेशबाट जानकारी नआएको बताउनुभयो । 

विसं २०७४ को एसइई परीक्षामा चार लाख ६३ हजार ७०० परीक्षार्थी सहभागी भएकामा यस वर्ष भने चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भएको परीक्षा आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन् । 

परीक्षामा दुई लाख ३६ हजार ४४५ पुरुष र दुई लाख ३८ हजार ५५८ महिला परीक्षार्थी रहेका छन् भने सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका छन् । 

त्यस्तै प्रदेश १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका छन् । परीक्षामा एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित भएका छन् । 

यस वर्षको परीक्षामा राष्ट्रियसभा सदस्य एवं नेकपाकी सचेतक ३८ वर्षीया शान्ता चौधरीले पनि एसइई परीक्षा दिनुभएको छ । खुला विद्यालय प्रणालीमा महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर अध्ययन गरी सेन्टर मावि तुल्सीपुर केन्द्रबाट एसइईको परीक्षा दिनुभएको हो । राष्ट्रियसभा सदस्य चौधरीको १७ वर्षीया छोरी विनुले पनि आजबाटै शुरु भएको एसइई परीक्षामा काठमाडौँको आरुबारीस्थित सिर्जना बाल बोर्डिङ केन्द्रबाट परीक्षा दिनुभएको छ । 

त्यस्तै म्याग्दी अन्नपूर्ण गाउँपालिका–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले पनि एसइई परीक्षा दिनुभएको छ । उहाँसँगै वडा सदस्य गेममाया पुन र देवकुमारी खोरजाले पनि बेनीको प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइई परीक्षा दिनुभएको छ । 

त्यसैगरी भक्तपुरको आस्था महिला विद्यालयबाट ३४ वर्षीया गङ्गा थापामगरले एसओएस हर्मन माइनर स्कुल सानोठिमीमा अध्ययन गरेका छोरा रोशनसँग एसइई परीक्षा दिनुभएको छ । गट्ठाघरको भक्तपुर इङ्गलिस स्कुल परीक्षा केन्द्रमा आमाछोरा परीक्षामा सहभागी हुनुभएको छ । आस्था महिला विद्यालयबाट मात्रै १७ देखि ५३ वर्षसम्मका १७ जना महिलाले यस वर्ष एसइई परीक्षा दिनुभएको छ । 

त्यस्तै उत्प्रेरणा महिला माविमा अध्ययन गर्दै सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौँ कागेश्वरी मनोहराकी ६७ वर्षीया युगमाया कार्कीले एसइई परीक्षा दिनुभएको छ । नेपाली सिनेजगतकी नायिका एवं नयाँ शक्ति पार्टीकी नेत्री करिष्मा मानन्धरले पनि एसइई परीक्षा दिनुभएको छ । डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिनुभएकी उहाँले काठमाडौँ मैतीदेवीस्थित त्रिवेणी माविमा कक्षा ८ मा भर्ना भई अध्ययन शुरु गर्नुभएको थियो । 

यसैगरी छ दिनदेखि बुबाको किरियामा बस्दै आउनुभएका लमजुङ बेँसीशहर नगरपालिका–७ का दरेश पौडेलले पनि परीक्षा दिनुभएको छ । चितवनको रत्ननगर टाँडीस्थित श्रीराम बैद्धिक संस्कृत गुरुकूलमा अध्ययनरत पौडेलले बेँसीशहरस्थित जनविकास मावि केन्द्रमा किरियामै परीक्षा दिनुभएको हो । अपाङ्गता भएकालाई यस वर्ष पनि परीक्षामा विशेष व्यवस्था गरिएको र परीक्षा उत्साहपूर्वकरुपमा सञ्चालन भइरहेको उपनियन्त्रक शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द