2026-09-14 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

विद्यार्थीको आकर्षण बन्दै सामुदायिक विद्यालय

वैशाख ४, तनहुँ (रासस) | नयाँ शैक्षिकसत्र शुरु भएसँगै जिल्लाका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका छन् । शैक्षिकस्तर राम्रो भएका सदरमुकाम दमौली आसपासका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका हुन् ।

जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित जिल्लादेखि केन्द्रीयस्तरसम्म राम्रो छवि बनाउन सफल सत्यवती माविमा भर्ना गराउनका लागि यतिखेर भीड बढेको छ । उक्त विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएकाले विद्यालयमा भर्ना गर्नेको चाप बढेको बताउनुभयो ।

विद्यालयबाट गुणस्तर शिक्षा प्रदान, प्राविधिक शिक्षा, कम्प्युटर शिक्षा, ल्याव, पुस्तकालय, नयाँ–नयाँ प्रविधि, पूर्वाधारलगायतका सुविधाले गर्दा विद्यालयमा भर्ना हुन विद्यार्थीको आकर्षण बढेको हो । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्ख्या वृद्धि गर्नेभन्दा पनि घटाउने तयारी भएकाले प्रवेश परीक्षाको व्यवस्था गरेका छाँै ।” नमूना विद्यालयको मापदण्डअनुरुप विद्यार्थी भर्ना गरिनेछ, उहाँले भन्नुभयो, “शिक्षा विधेयकबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीका लागि राम्रा विषयमा अध्यापन निःशुल्क र छुटको व्यवस्था रहेकाले निजी विद्यालयका विद्यार्थी बढी आकर्षित हुने गरेका छन् ।

निजी विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीले राम्रा विषय अध्ययन गर्नका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुँदा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुनका लागि बढी मात्रामा आउने गरेको उहाँले बताउनुभयो ।

“विद्यालयमा आवश्यकभन्दा बढी बालबालिका भर्ना गराउन आएका छन्, तर सबैलाई भर्ना गर्न सकिँदैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले भन्नुभयो, “त्यसैले बालबालिका छनोट गर्न प्रवेश परीक्षाको व्यवस्था मिलाएका छौं ।” जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित उक्त विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । गत वर्षहरुमा जिल्लाकै उत्कृष्ट रहेको उक्त विद्यालय तीनपटक पश्चिमाञ्चल उत्कृष्ट भएको थियो ।

झन्डै दुई हजार ७०० बालबालिका अध्ययनरत उक्त विद्यालयमा वर्षैपिच्छे भर्नाका लागि बालबालिकाको भीड बढ्ने गरेको छ ।

निजी विद्यालयको तुलनामा गुणस्तर शिक्षाको साथै कम खर्चिलो हुने भएकाले सामुदायिक विद्यालय सत्यवती माविमा आफ्ना छोरालाई पढाउँदै आएको व्यास–१ निवासी तिलकुमारी कोइरालाले बताउनुभयो ।  निजी विद्यालयको भन्दा बढी गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयले समेत प्रदान गर्न थालेपछि आफू सामुदायिक विद्यालयतर्फ आकर्षित भएको कक्षा ६ का सन्देश नेपालीले बताउनुभयो । 

त्यस्तै गत वर्ष नमूना विद्यालय छनोटमा परेको व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयमा पनि गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी भर्ना हुन आउने सङ्ख्या बढी रहेको छ । उक्त विद्यालयका प्रधानाध्यापक गणेश बस्नेतले अहिले दैनिक २०० को हाराहारीमा विद्यार्थी भर्ना हुन आउने गरेको बताउनुभयो ।

शैक्षिक गुणस्तर, अङ्ग्रेजी नेपाली दुवै भाषामा पठनपाठन, व्यवस्थापकीय, शान्ता वातावरण, विद्यार्थी अभिभावकबीच छलफल र अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था, कक्षा ११ र १२ मा कानून शिक्षा, सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी सिभिल इञ्जिनीयरिङ शिक्षालगायतका कारणले गर्दा विद्यार्थी भर्ना हुन आकर्षित हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ