Skip to content
Friday, July 17, 2026 Nepali Online Media
May 3, 2019 शिक्षा

शक्तिशाली समुद्री आँधी भारतको उडिसा आइपुग्यो, प्रभाव नेपालमा पनि

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २०, पुरी (रासस-एएफपी) | ‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ ।

बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ । आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको छ ।

भारतको मौसम विभागका अनुसार फानी बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो । यो उत्तर दिशातिर अघि बढ्ने र छ घण्टापछि शक्ति केही क्षीण हुँदा बलियो हावाहुरीको रूप लिन सक्ने मौसम विभाले जनाएको छ ।

भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो  । लाखौँ व्यक्तिलाई पश्चिम बङ्गाल राज्यबाट सुरक्षित स्थानमा सर्नका लागि भनिएको छ ।

उडिसामा सन् १९९९ मा आएको सामूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो । त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने बताएको छ ।

उडिसामा करिब एक हजार विद्यालय र सरकारी भवनमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिलनाडुलाई पनि यस आँधीले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ ।

त्यसैले ती क्षेत्रमा उच्च सर्तकता राखिएको छ । भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायःआँधीले सताउने गर्दछ ।

सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको ज्यान लिएको थियो । त्यस्तै छ सय व्यक्ति वेपत्ता भएका थिए ।

गत अक्टोबरमा पनि सामुद्रिक आँधी टिल्लीका कारण उडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो ।