2026-09-13 08:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बिद्यालयमै निर्माण गरेर सेनेटरी प्याड वितरण गर्ने पहिलो सामुदायिक बिद्यालय

 कृष्ण बिष्ट जेठ ३१,बैतडी |बैतडीमा एक सामुदायिक विद्यालयले  किशोरीहरुलाई  निशुल्क सेनेटरी  प्याड वितरण गरेको  छ । पाटन नगरपालिका ९ अन्तगतको  ज्ञानेश्वर माविले उक्त बिद्यालयमा अध्यानरत किशोरीहरु लाई महिनावारी भएको बेला प्रयोग गर्ने सेनेटरी  प्याड वितरण गरेको  हो ।  

विद्यालयमा अध्यनरत् छात्राहरुलाई  निशुल्क प्याड  वितरण गरेको  विद्यालयका प्रधानाध्यापक तर्कराज भट्टले जानकारी दिनुभयो । महिनावारी भएको बेला पनि किशोरीहरुले बिद्यालय आउन बन्चित नहुन भन्ने उदेश्यले बिद्यालयमै निर्माण गरीएको सेनेटरी प्याड बितरण गरेको उहाले बताउनुभयो । 

महिनावारी भएका बेला ४ दिन सम्म बिद्यालयमा अध्यानरत किशोरीहरु बिद्यालय नआउने परम्परालाई अन्त्य गर्न विद्यालयमा नै उत्पादन गरेर प्याड वितरण गरिएको छ । प्रधानाध्यापक भट्टका अनुसार  १ सय  ३५ जना छात्राहरुलाई ४ -४ वटा गरी ४ सय ५० सेनेटरि प्याड निशुल्क वितरण गरिएको छ । विद्यालयको आफनै लगानिमा सेनेटरि प्याड निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले बताउनुभयो । 

विद्यालयमा  किशोरीहरुको  नियमित बिद्यालय उपस्थितिमा वृदी गरी शैक्षीक गुणस्तरलाई सुधार गर्न समेत  यस कार्यक्रमले सघाउ पु¥याउने भएकाले किशोरीहरुबाट प्याड निर्माण गर्न लगाइएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महारले बताउनुभयो । विद्यालयले प्रशिक्षकको व्यवस्था गरेर छात्राहरुलाइ सेनेटरिप्याड बनाउन सिकाएको थियो ।  

सरकारले  अगामि आर्थिक वर्ष बाट सामुदायिक विद्यालयमा निशुल्क प्याड वितरण गर्ने घोषणा गरेको भएपनि  ज्ञानेश्वर माविलेआफ्नै  लगानिमा विद्यालय स्तरबाट निशुल्क प्याड वितरण गरेको छ |उक्त बिद्यालय  किशोरी लाई सेनेटरि प्याड निशुल्क वितरण गर्ने  पहिलो  सामुदायिक विद्यालय बनेको  छ ।

यसरी विद्यालयमै उत्पादन गराएर छात्राहरुलाइ  निशुल्क प्याड वितरण गर्ने जिल्लाकै नभएर देशकै पहिलो सामुदायिक बिद्यालय रहेको दाबि गरीएको छ । ज्ञोनेश्वर माध्यमिक बिद्यालय पछिल्लो समय शैक्षीक तथा भौतिक क्षेत्रमा नमुनाको  रुपमा रुपान्तरण भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले