२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा साइबर क्राइम र लागुऔषध सम्बन्धि जनचेतना दिदै प्रहरी

२०७६, ९ असार सोमबार ०५:४१

असार ९, बैतडी | जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला विभिन्न विद्यालयका विद्यार्थीलाई विद्युतीय अपराध(साइबर क्राइम)सम्बन्धी प्रशिक्षण दिन थालेको छ । शाहीलेकस्थित वीरेन्द्र माविका विद्यार्थीलाई लागुऔषध, साइबर क्राइमसम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक सामग्री वितरण गरिएको छ । कार्यक्रममा लागुऔषधले पार्ने असर, साइबर क्राइमसम्बन्धी जानकारी दिइएको छ । 

नेपाल स्काउटसँगको समन्वय, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकको विशेष सहयोगमा बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयको नेतृत्वमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाह, वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक बैतडीका शिक्षक नवराज पाण्डेय, शिक्षिका प्रेमा बुढाऐरलगायतको उपस्थितिमा नेपाल स्काउटमा आबद्ध वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकलगायत विभिन्न विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ६० विद्यार्थीको सहभागिता रहेको थियो ।

गाँजा नष्ट अभियान 

यसैबीच जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरि गाँजा नष्ट अभियान शुरु गरेको छ । गाँजा खेतीबाट चरेश उत्पादन हुने र यसले समाजमा विकृति फैलाउने भएकाले गाँजाखेती नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । कतिपय ठाउँमा गाँजाखेती गरिएको भेटिएको र कतिपय ठाउँमा आफैँ गाँजा उम्रेकाले नष्ट गर्ने अभियान थालिएको हो ।

जिल्लाका सबै प्रहरी युनिटबाट प्रहरी खटाएर गाँजा नष्ट गर्ने अभियान शुरु गरिएको छ । गाँजा खेती नष्ट गर्ने क्रममा प्रहरीले स्थानीयसँग अन्तरक्रियासमेत गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गाँजाखेतीले समाजमा पार्ने प्रभावका विषयमा जानकारी दिने काम भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मातहतका युनिटबाट प्रहरी टोली खटाएर गाँजाखेती नष्ट गर्ने अभियान जारी रहेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा