2026-09-13 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

‘मेरो सीप र श्रम, मेरो माटोलाई’ नगरपालिकाको नीति तथा कार्यक्रम

असार १३, दार्चुला | महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ मा कृषि क्षेत्रलाई प्राथमिकता राख्दै ‘मेरो सीप र श्रम, मेरो माटो’लाई अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाचांैँ नगरसभाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा सो अभियान सञ्चालन गर्ने भएको हो ।

अभियानअन्तर्गत नगरपालिका्भित्रका स्थानीयवासीको सीप र स्थानीय जनशक्ति पहिचान गराई स्थानीय विकासको रोजगारीमूलक कार्यक्रममा लगाइने उल्लेख गरिएको छ । अभियानलाई सफल पार्नका लागि स्थानीय क्षेत्रको दक्षजनशक्ति व्यवस्थापन र परिचालन गर्न स्थानीय स्वयंसेवक कार्यविधि तयार गरिने नगरप्रमुख हंशराज भट्टले बताउनुभयो । 

आवश्यक जनशक्तिलाई कृषि, शिक्षा, संस्कृति तथा पर्यटन, स्वास्थ्य, सूचना प्रविधिक र उद्यमशीलताको क्षेत्रमा जनशक्ति परिचालन गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले कूल रु ५४ करोड ७८ लाख ८१ हजारको बजेट विनियोजन गरेको छ । नगरपालिकाले कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि कृषि आधुनिकीकरण गर्ने र कृषि उद्यम स्थापना गर्ने उल्लेख छ । 

यस्तै रोजगारी तथा आर्थिक वृद्धिका लागि स्वरोजगार कार्यक्रममार्फत रोजगार कार्यक्रम गर्ने सञ्चालन गर्ने जनाएको छ । नगरपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी नगरपालिकालाई कैलाश मानसरोवर प्रवेशद्वारको रुपमा विकास गर्ने उल्लेख छ । यसैगरी नगरपालिकाले किसानको हकहित संरक्षण र संवद्र्धन गर्दै कृषि उत्पादनको उत्पादकत्व बनाउने नीति ल्याएको छ भने आव २०७६-७७ बाट कृषक पेन्सन कोष निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने नगर प्रमुख भट्टले उद्घोष गर्नुभयो । 

यस्तै एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको छ । नगरपालिकालाई दूध, मासु, तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ ।  कृषि क्षेत्रमा बाली बीमालगायत स्वास्थ्य बीमा र पशुपक्षीमा समेत बीमा लागू गर्नको लागि निरन्तर पहल गर्ने नगरपालिकाले नीति ल्याएको छ । 

जडीबुटी र पर्यटन पूर्वाधारमा जोड

मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट तथा नीति कार्यक्रममार्फत जलस्रोत जडीबुटी र पर्यटन पूर्वाधारमा जोड दिने नीति सार्वजनिक गरेको छ । गाउँपालिकाको पाँचाँै गाउँसभाबाट जलस्रोत जडीबुटी र पर्यटन पूर्वाधारको विकास समग्र गाउँपालिकाको समृद्धि र विकासमा हाम्रो प्रयास भन्ने मूलनाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले समृद्धि मार्माका लागि कूल रु ३२ करोड २६ लाख २९ हजार बराबरको अनुमानित बजेट पेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले