२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुदै

२०७६, १९ असार बिहीबार १४:५१

सुनिल कुँवर | असार १९, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटि (IT from Himalayas ICT Quiz-2019)ले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ | उक्त प्रतियोगितामा बझाङ जिल्ला भित्र रहेका सामुदायिक बिद्यालयहरुबाट टिम सहितको सहभागिताको लागि अनुरोध गरिएको छ | 

प्रतियोगिता २०७६ साल कार्तिक ७ र ८ गते हुने र एसईईमा सामेल नभएका अर्थात् अन्डर एसईईका विद्यार्थीहरुमात्र सामेल हुन् पाउने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टले जानकारी दिएका छन्  | उनले भने " बझाङका सामुद्दायिक बिद्यालयमा अध्यनरत अन्डर एसईईका बिद्यार्थीहरुलाई लक्षित गरी स्थानिय निकाय, संघ सस्था र स्वदेश तथा बिदेशमा बस्नुहुने बझाङबासीको सहयोगमा "IT from Himalayas" र "बुङ्गल बिकास समाज" द्वारा आयोजना गरेका हौ " |

आई टि फर्म हिमालयाज आई सिटिले बिगत केहि बर्ष देखि हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ | सूचना  र प्रविधिको  बर्तमान समाजमा विद्यार्थीहरुको बौदिक ज्ञान विकास गरी उनीहरुमा शिक्षाप्रतिको सकारात्मक धारणा जगाउनको लागि उक्त प्रतियोगिता आयोजनमा गरेको हो | 

प्रतियोगितामा ५० प्रतिशत कम्प्युटर बाट , २५ प्रतिशत सामान्य ज्ञान र बौदिक प्रश्नबाट , १० प्रतिशत गाणितबाट , १० प्रतिशत बिज्ञानबाट र ५ प्रतिशत प्रश्न अंग्रेजीबाट सोधिने छन  | 

बिद्यालभन्दा बाहिरबाट सहभागिता जनाउन नपाउने , ४ जनाको टिम हुनु पर्ने , एसईईमा सामेल नभएको ,  बझाङ्ग जिल्ला भित्र स्थाई बसोबासभई  बझाङ्ग जिल्ला भित्रकै सामुदायिक  स्कुलमा पढीरहेको हुनुपर्ने,  सहभागीहरुलाइ शुल्क एक हजार  भन्दा माथी नपर्नेगरि शुल्क लिने र प्रथमहुने लाई  कप सहित ४ वटा ल्यापटप, दिर्तिय र तिर्तियलाई कपका साथै प्रमाण पत्र र पुरस्कारको ब्यबस्था  गरिएको छ | 

बिज्ञान र प्रविधि सुहाउदो बिषयमा प्रश्नहरु सोधिने  छन् |  प्रतियोगिता  बझाङ्गको बुङ्गल नगरपालिका वडा नं ४, सरस्वती माध्यामिक बिद्यालय  बिजगडामा हुने भएको छ | प्रमुख अथिति  बुङ्गल नगरपालिकाका  नगर प्रमुख रहने समेत IT from Himalayas ICT ले जानकारी दिएको छ | 

जानकारीको को लागि आई टि फर्म हिमालयाज आई सिटिको वेबसाइटमा गएर पनि थाहा पाउन सकिने छ |  Website: www.ith.org.np, Akkal Bahadur Bist 9849781134

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा