2026-11-02 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुदै

सुनिल कुँवर | साउन १३, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटि (IT from Himalayas ICT Quiz-2019)ले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ | उक्त प्रतियोगितामा बझाङ जिल्ला भित्र रहेका सामुदायिक तथा बिद्यालयहरुबाट टिम सहितको सहभागिताको लागि अनुरोध गरिएको छ | 

प्रतियोगिता २०७६ साल कार्तिक ७ र ८ गते हुने र एसईईमा सामेल नभएका अर्थात् अन्डर एसईईका विद्यार्थीहरुमात्र सामेल हुन् पाउने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टले जानकारी दिएका छन्  | उनले भने ” बझाङका सामुद्दायिक तथा निजि  बिद्यालयमा अध्यनरत अन्डर एसईईका बिद्यार्थीहरुलाई लक्षित गरी स्थानिय निकाय, संघ सस्था र स्वदेश तथा बिदेशमा बस्नुहुने बझाङबासीको सहयोगमा “IT from Himalayas” र “बुङ्गल बिकास समाज” द्वारा आयोजना गरेका हौ ” |

आई टि फर्म हिमालयाज आई सिटिले बिगत केहि बर्ष देखि हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ | सूचना  र प्रविधिको  बर्तमान समाजमा विद्यार्थीहरुको बौदिक ज्ञान विकास गरी उनीहरुमा शिक्षाप्रतिको सकारात्मक धारणा जगाउनको लागि उक्त प्रतियोगिता आयोजनमा गरेको हो | 

प्रतियोगितामा ५० प्रतिशत कम्प्युटर बाट , २५ प्रतिशत सामान्य ज्ञान र बौदिक प्रश्नबाट , १० प्रतिशत गाणितबाट , १० प्रतिशत बिज्ञानबाट र ५ प्रतिशत प्रश्न अंग्रेजीबाट सोधिने छ | 

बिद्यालभन्दा बाहिरबाट सहभागिता जनाउन नपाउने , ४ जनाको टिम हुनु पर्ने , एसईईमा सामेल नभएको , बझाङ्ग जिल्ला भित्र स्थाई बसोबासभई  बझाङ्ग जिल्ला भित्रकै सामुदायिकतथा निजि  बिद्यालयमा  पढीरहेको हुनुपर्ने,  टिम दर्ता  शुल्क १५ सय लाग्नेछ  र प्रथमहुने लाई  कप सहित ४ वटा ल्यापटप, दिर्तिय र तिर्तियलाई कपका साथै प्रमाण पत्र र पुरस्कारको ब्यबस्था  गरिएको छ | 

बिज्ञान र प्रविधि सुहाउदो बिषयमा प्रश्नहरु सोधिने  छन् |  प्रतियोगिता  बझाङ्गको बुङ्गल नगरपालिका वडा नं ४, सरस्वती माध्यामिक बिद्यालय  बिजगडामा हुने भएको छ | प्रमुख अथिति  बुङ्गल नगरपालिकाका  नगर प्रमुख रहने समेत IT from Himalayas ICT ले जानकारी दिएको छ | 

जानकारीको को लागि आई टि फर्म हिमालयाज आई सिटिको वेबसाइटमा गएर पनि थाहा पाउन सकिने छ |  Website: www.ith.org.np, Akkal Bahadur Bist 9849781134

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द