2026-07-06 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका गाँउमा नयाँ बिद्यालय खुले संगै १२ वर्षीय बालबालिकाहरु पनि शिशु कक्षामा भर्ना

2019-07-29

कृष्ण बिष्ट | साउन १३, बैतडी | चितुवा प्रभापवित क्षेत्रमा पर्ने बैतडीको पञ्चेश्वर गाउपालिकामा शिशु बिद्यालय स्थापना गरिएको छ । चितुवाको डरले साना बालबालिकाहरु टाढाको बिद्यालय जान बाट बञ्चीत हुन थालेपछि गाउपालिकाको वडा नं २ को डाँगा टोलमा शिशु बिद्यालय स्थापना गरिएको हो । 

डागा टोलका बालबालिकाहरु २ घण्टाको बाटो हिडेर देथला माध्यामिक बिद्यालयमा जानु पर्ने बाध्याता रहेकाले करिब ५० घर परिवारका बालबालिकाहरुलाई लक्षित गरि बिद्यालय स्थापना गरिएको गाउपालिकाका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो । 

जङ्गल र भिरको बाटो हिडेर बालबालिकाहरु बिद्यालय जान डराउने गरेपछि बिद्यालय स्थापनाको माग गरिएको स्थानिय देव बहादुर चन्दले बताउनुभयो । अहिले सो ठाउमा बिद्यालयमा स्थापना भएपछि ११-१२ वर्षको उमेर सम्मका बालबालिकाहरु पनि शिशु कक्षामा भर्ना भएका उहाले बताउनुभयो । 

पहिलो शैक्षीक वर्ष सञ्चालन गर्न ३० देखि ४० जाना शिशुमा अध्यान गर्ने बालबालिका लाभान्वित भएका र अर्काे वर्षदेखि थप गरी कक्षा ३ सम्मको पढाई सोहि बिद्यालयमा सञ्चालन गरीने गाउपालिकाले जनाएको छ । जिल्लाको मेलौली नगरपालिका पञ्चेश्वर र शिवनाथ गाउपालिका चितुवा प्रभावित क्षेत्रहरु हुन । हाल सम्म सो क्षेत्रमा २३ जानाको चितुवाले ज्यान लिएको छ भने दुइ दर्जन भन्दा बढि घाइते बनाएको छ । चितुवा आक्रमणमा बढि जसो बालबालिका र महिला रहेका छन ।

तस्बिरमाः डागा टोलमा नयां खुलेको बिद्यालयमा उपस्थित बालबालिकाहरु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने