2026-09-13 02:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित, नव आगन्तुक विद्यार्थीलाई स्वागत

भास्कर के.सी | असार १७, कञ्चनपुर | कञ्चन विद्या मन्दिर मा.वि. तथा सामुदायिक कलेजले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने गायत्री भट्ट र पार्वती पाण्डेयलाई सम्मान गरेको छ भने नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । 

कक्षा १२ मा विज्ञान तर्फ ए प्लस ३.३७ जिपीए ल्याउन सफल गायत्री भट्ट र वाणिज्य समूहबाट ए प्लस ३.६७ जिपीए ल्याउन सफल पार्वती पाण्डेयलाई रु.६० हजारको चेक दिएको छ । यसरी कक्षा १२ मा ए प्लस र स्नातकमा ७५%भन्दा माथि ल्याउने प्रत्येक विद्यार्थीलाई रु. ६० हजार सहित सम्मान गरिने प्राचार्यले बताउनु भयो ।

हल्दुखाल ७ बस्ने पार्वती पाण्डेयले त्यहीको महाकाली जनसेवा माध्यमिक विद्यालय हल्दखुाल बाट एसएलसी उत्र्तिण गरेकी थिइन । भने ऐठपुर ६ बस्ने गायत्री भट्टले लिटिल स्टार पब्लिक स्कुल बाट एसएलसी उत्र्तिण गरेकी थिइन् । भट्टले यस भन्दा अगाडी पनि चेलीबेटी बेचविखन सम्बन्धी निबन्ध लेखेर सुदुरपश्चिम प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएकी थिईन । 

यस्तो पुरस्कार विविएस र एमविएस मा पनि लागु हुने, गरिब, अशक्त, अपाङ्ग, दलित, दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृति प्रदान गर्दै आइरहेको प्रार्चायले बताए । विद्यार्थीले कुनै गल्ती गरे पनि ए बाबु त्यसो नगर भन्न पनि नसकिने बेला आयो गणतन्त्र त शिक्षकको लागि मात्र आएको रहेछ । कसैको भलाई गर्न खोज्दा पनि शिक्षकले नै सजाय पाउनु पर्ने प्राचार्य साउदले आफ्नो मन्तव्यमा भन्नु भयो ।

सम्मान समारोहमा शैक्षिक सत्र २०७६ मा कक्षा ११ मा भर्ना भएका दुई सय जति छात्रछात्राहरुलाई अविर टिका सहित विद्यार्थी अधिष्ठात्ती देवी गायत्री देवीको प्रतिक कलम दिएर प्राचार्य डा. राजकुमार साउद र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समारोहका सभापतिले स्वागत गर्नु भएको थियो । 

वि.स.२०३६ सालमा सार्वजनिक शैक्षिक गुठीमा स्थापना भएको यस विद्यालयले छोटो समयमै सुदूरपश्चिममै शैक्षिक जगतमा आफ्नो पहिचान बनाउन सफल भएको छ । हाल यस विद्यालयमा कक्षा १ देखि स्नाकोत्तर सम्मको पढाइ भई रहेको छ । त्यसैक्रममा यस विद्यालयले महाकाली अञ्चलको पहिलो गुणस्तर प्रत्यायन तथा सुनिश्चितताको सर्टिफिकेट (क्यूएए)  प्राप्त गर्न सफल भएको छ ।

विद्यालय व्यवस्थापनका अध्यक्ष दुर्गा प्रसाद जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभाषद माननीय मान बहादुर सुनारको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रम सञ्चालन पुष्पा जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले