2026-11-02 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पहिलो पटक जिल्ला सदरमुकाम बाहिर एसईई ग्रेड बृद्धिको परिक्षा केन्द्र तोकियो

कृष्ण बिष्ट | साउन २३, बैतडी |  बैतडीमा पहिलो पटक जिल्ला शदरमुकाम बाहिर एसइइ ग्रेडबृद्धिको को परिक्षा केन्द्र तोकिएको छ । यहि भदौ १ गते देखि सुरु हुन गइरहेको ग्रेड बृद्धीको परिक्षा जिल्ला सदरमुकाम गोठलापानी बाहिर राख्ने निर्णय गरिएको हो ।

सदरमुकाममा मात्रै परिक्षा केन्द्र हुदा बिद्यार्थीहरुले भोग्नु परेको थुप्रै समस्याहरुलाई मध्यनजर गर्दै सदरमुसकाम लगायत ५ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा बिकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । सदरमुकाम बाहिर देहिमाण्डौ रपाटनमा पनि परिक्षा हुने भएको छ । 

कृष्ण माबि पाटनको प्राबिधिकधार तर्फ बाहेकका सबै बिद्यार्थी, सिगास गाउपालिकाका सबै माबीहरु, र सुर्नया गाउपालिकाको नेपाल राष्टिय माबी ग्वानीको परिक्षा, कृष्ण माबी पाटनमा परिक्षा हुने भएको छ । 

मेलौली नगरपालिकाका सबै माबिहरु र दशरथचन्द नगरपालिको सोभा माबि, देउमडा माबि, मणिलेक माबि गुरुखोला, निङ्लासैनि माबि देहिमाण्डौ, निङ्लाशैनी बोर्डिङ स्कुल र सुर्नया गाउपालिकाको बाशुलिङ् माबी लिस्कीटाको परिक्षा निङ्लाशैनि माबी देहिमाण्डौमा हुने जनाइएको छ । 

शिवनाथ र पञ्चेश्वर गाउपालिकाका सबै माबिहरु, कृष्ण माबी पाटनको प्रबिधिक धार, दशरथचन्द नगरपालिकाका बिरेन्द्र माबी साहिलेक, केदार नागार्जुन माबी बगलेखान, जगदम्बा माबि रानिबुङ्गा, जोसिबुङ्गा माबी लमौता, शिवस्थली माबि जर्ग, बिरेन्द्र माबी, एमजेसि एकेडेमी गोठलापानी, र नागार्जूृन माबी बर्ताेलीको बिरेन्द्र माबी साहिलेकमा परिक्षा केन्द्र तोकिएको छ । 

त्यसैगरि दशरथचन्द नगरपालिकाको सुन्दरखाली माबी, पुर्चाैडी नगरपालिका र दोगडाकेदार गाउपालिकाका सबै बिद्यालयहरुको परिक्षा सुन्दरखाली माबीमा परिक्षा सञ्चालन हुने जनाएको छ । डिलाशैनि गाउपालिकाका सबै माबीहरु र सुर्नया गाउपालिकाका ग्वानी र लिस्कीटा बाहेकका सबै माबिहरुको र दशरथचन्द नगरपालिकाका सरस्वती संकृत माबी नगतडी, गुरुकुल माबी सेरा, दानेश्वर नागार्जुन माबी रातामाटा, कालिका मावि थालिगडा र दानेश्वर माबि  बाराकोटको परिक्षा केन्द्र  जगदम्बा माबि रानिबुङ्गा तोकिएको इकाइ प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । 

दुई साता पहिले मात्रै नेवी संघ बैतडीले सदरमुकाम बाहिर पनि परिक्षा केन्द्र राख्नु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको थियो । सदरमुकाममा बास बस्नको लागि समेत अप्ठ्यारो हुने गरेको भन्दै प्रत्येक स्थानिय तहको केन्द्रमा ग्रेडबृद्धीको परिक्षा हुनुपर्ने माग गरेको थियो । सुरक्षा तथा आवस्य श्रोत साधनको उपलब्धता नहुने गरेकोले सबैपालिकाहरुमा केन्द्र स्थपना गर्न नसकिएको इकाइ प्रमुख अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द