Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रौतहटबाट २ जना नक्कली परीक्षार्थी पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन २६, वीरगञ्ज | वीरगञ्जस्थित जारी सिटिइभिटीको&nbsp; सीएमए विषयको परीक्षामा रौतहटका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुर का कौशलप्रसाद साहलाई नक्कली परीक्षार्थीको रुपमा प्रहरीले पक्राउ गरेको हो ।<br></p><p>साउन २५ गते विहान पर्साको वीरगञ्ज महानगरपालिका वडा&nbsp; १५ स्थित नेशनल मेडिकल कलेजमा सिटिईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय वीरगंजले जनाएको छ ।</p><p>पक्राउ दुुबैजना नक्कली परिक्षार्थी उपर शिक्षा ऐन अन्तरगतको मुद्धा चलाइने प्रहरीले जनाएको छ । शिक्षा ऐन अन्तर्गतको मुद्धामा कसुर ठहर भएमा ६ महिना कैद र एकलाख रुपैयाँ सम्म जरिवाना अथवा घटनाको प्रकृती हेरेर दुुबै सजाय हुन सक्ने कानुुनी ब्यवस्था रहेको कानुुन व्यवशायी सुुरेश तिवारीले जानकारी दिएका छन् |</p>