2026-07-04 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला स्तरीय दुई दिने हाजिरीजवाफ प्रतियोगिता र एकदिने ( IT Workshop) हुदै

2019-09-13

सुनिल कुँवर | भदौ २७, काठमाडौँ | आई टि फर्म हिमालयाज आई सिटिले  बझाङ जिल्ला स्तरीय  दुई दिने हाजिरी जवाफ प्रतियोगिता  (IT from Himalayas ICT Quiz-2019)र एक दिने (IT Workshop)को तयारी गरेको छ | बझाङ जिल्ला भित्र रहेका सरकारी र गैरसरकारी (निजि ) बिद्यालयहरुमा रहेको विविधताको अन्त्य गर्ने उदेश्यका साथ् उक्त प्रतियोगिता गर्न लागिएको हो |

प्रतियोगिता दशैँ तिहारको अवसर पारेर कार्तिक ६ र ७ गते हुने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टले जानकारी दिए | उनका अनुसार बझाङ जिल्ला भित्रका सामुद्दायिक तथा निजि  बिद्यालयमा अध्यनरत अन्डर एसईईका बिद्यार्थीहरुलाई लक्षित गरी स्थानिय निकाय, संघ, सस्था र स्वदेश तथा बिदेशमा बस्नुहुने बझाङबासीको सहयोगमा "IT from Himalayas", "बुङ्गल बिकास समाज" र "Skha Tech Pvt." द्वारा उक्त प्रतियोगिता  (IT from Himalayas ICT Quiz-2019) आयोजना गरिएको हो |  

बझाङ जिल्ला भित्र रहेका सामुदायिक तथा निजि बिद्यालयहरुबाट टिम सहितको सहभागिताको लागि अनुरोध गरिएको छ | बिद्यालय भन्दा बाहिरबाट सहभागिता हुन नपाउने, एसईईमा सामेल नभएको अर्थात् अन्डर एसईई हुनुपर्ने, ४ जनाको टिम हुनु पर्ने,  बझाङ्ग जिल्ला भित्र स्थाई बसोबासभई बझाङ्ग जिल्ला भित्रकै सामुदायिक तथा निजि  बिद्यालयमा  पढीरहेको हुनुपर्ने र टिम दर्ता गर्न १५ सय रुपैया लाग्ने ब्यबस्था रहेको छ |

त्यस्तै टिम दर्ता कार्तिक २ गते सम्म गरिसक्न आग्रह गरिएको छ | विशेष गरि बिद्यार्थी वर्गलाई लक्षितगरि उक्त कार्यक्रम गर्न लागिएको भएपनि लोकसेवाको तयारी गरिरहेका जो कोहीलाई पनि फाईदा हुने आई टि फर्म हिमालयाज आई सिटका अध्यक्ष अक्कल बिष्टको भनाई छ | उनले भने "हरेक बर्ष हामीले आयोजना गरेको कार्यक्रमबाट ५ प्रतिशत प्रश्न लोकसेवाले लिने परिक्षामा समेत आउने गरेको छ | त्यसकारण यसलाई हामीले अझै निरन्तरता दिने छौं र सरोकारवाला सबैको सहयोग रहने अपेक्षा गरेको छु" |

आई टि फर्म हिमालयाज आई सिटिले बिगत केहि बर्ष देखि हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ | सूचना  र प्रविधि सुहाउदो परिवेशमा निजि बिद्यालय र सरकारी बिद्यालय बिचको खाडल अन्त्य गर्नका लागि, निजि बिद्यालयलाई सरकारी बिद्यालयमा पढेको विद्यार्थीले पनि जित्न सक्छ भन्ने मान्यताका साथ् कार्यक्रम आयोजना गरेको  "IT from Himalayas" का सदस्य नरेश कुँवरले जानकारी दिए | विद्यार्थीहरुको बौदिक ज्ञान विकास गरी उनीहरुमा शिक्षाप्रतिको सकारात्मक धारणा जगाउनको लागि उक्त प्रतियोगिता बिगत एक बर्ष देखि आयोजाना गरिदै आएको छ | 

प्रतियोगितामा ५० प्रतिशत कम्प्युटर बाट, २५ प्रतिशत सामान्य ज्ञान र बौदिक प्रश्नबाट, १० प्रतिशत गाणितबाट, १० प्रतिशत बिज्ञानबाट र ५ प्रतिशत प्रश्न अंग्रेजीबाट (Asking Round Questions+ Rapid Fire Questions) सोधिने छ | 

प्रतियोगितामा प्रथमहुने टिमलाई कप सहित ४ वटा ल्यापटप, दिर्तिय र तिर्तियलाई कपका साथै प्रमाण पत्र र पुरस्कारको ब्यबस्था  गरिएको छ | बिज्ञान र प्रविधि सुहाउदो बिषयमा प्रश्नहरु सोधिने  छन् भने उक्त प्रतियोगिता बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिका वडा नं ४, स्थित सरस्वती माध्यामिक बिद्यालय बिजगडामा हुने बताइएको छ | प्रमुख अथिति  बुङ्गल नगरपालिकाका  नगर प्रमुख रहने समेत IT from Himalayas ICT ले जानकारी दिएको छ |

यस बिषयमा  थप जानकारीको लागि (IT from Himalayas ICT) को वेबसाइट www.ith.org.np रहेको छ | र सम्पर्कका लागि  Akkal Bahadur Bist 9849781134 गर्न सकिने छ |

थप जानकारीको लागि तलको सुचना हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो