2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

तुलसीपुरमा आधुनिक बसपार्क निर्माण, कहिले हुँदैछ उद्घाटन ?

नारायणी रजौरे | कात्तिक ७, दाङ | चारतिर खचाखच गाडी,  वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने  गरेको तुलसीपुर बसपार्क अहिले भने  चिटिक्ट हुँदै गएको छ । 

यात्रुलाई सजह  तथा  सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हुँदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट ऋण तथा अनुदान रकम लिई त्यहाँ आधुनिक बसपार्क निर्माण गरेको हो ।

आधुनिक बसपार्क निर्माण भएपछि यहाँका नागरिक पनि सुविधा सम्पन्न बसपार्कबाट अब सेवा लिन पाइने भयो भन्दै खुशी भएका छन् । आधुनिक बसपार्क निर्माणको सम्झौता बमोजिमको सम्पूर्ण काम पूरा भएको र छिट्टै भवनको उद्घाटन गरिने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । 

विसं २०७४ वैशाख महीनामा आधुनिक बसपार्क निर्माणका लागि बोलपत्र प्रक्रिया बढाएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो । भ्याट बाहेक रु नौ करोड नौ लाखको  लागतमा  सम्झौता अनुसारको निर्माणको पहिलोचरणको काम पूरा भएको इञ्जिनीयर योगीले बताउनुभयो । बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी काठमाडौँले  पाएको  थियो ।

निर्माणको जिम्मेवारी पाए पनि बसपार्क बनाउने  जग्गाको केही भागमा अटोभिलेज हुँदा केही समय जग्गा विवादका कारण काम  अवरुद्ध भएको  थियो । जनप्रतिनीधि, यहाँका नागरिक समाज, दलका नेता, उद्योगी, स्थानीयवासीबीच समन्वय गरी छलफल भई समस्या समाधान भएसँगै  निर्माणको कामले तीव्रता पाएको थियो । अहिले निर्माणको काम पूरा भएको इञ्जिनीयर योगीले जानकारी दिनुभयो ।

अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका–६ रजौराको  कमलपोखरी सामुदायिक वनको जग्गामा सारिएको छ । आधुनिक बसपार्क साढे पाँच बिघाहा क्षेत्रफल जग्गामा फैलिएको छ ।

 त्यहाँ तीन सय बढी सवारीसाधन व्यवस्थित रुपमा राखिने क्षमता रहेको छ । त्यहाँ यात्रु प्रतिक्षालय,  टिकट काउन्टर भवन, शौचालय र पक्की सडक निर्माण गरिएको पनि योगीले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कभित्र ५२ वटा व्यावसायिक टहराका प्रशासनिक भवन, रेष्टुरेन्टलगायतका  संरचना निर्माण गरिएको छ । सो बसपार्कमा स्तनपान कक्ष निर्माण गरिएको छ । 

बसपार्क  निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका व्यवसायी मीनराज भण्डारीले  बताउनुभयो । “बसपार्क छेउमा आफूले लामो समयदेखि किराना पसल गर्दै आएको र धुलो, अव्यवस्थित पार्किङका कारण सास्ती खेप्नु परेको थियो, अब भने सजह हुने भयो”, भण्डारीले भन्नुभयो ।

तुलसीपुर– ५ की शारदा वलीले बसपार्क निर्माणका कारण आफू पनि खुशी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“भौतिक पूर्वाधारसहितको सुविधायुक्त बर्सपार्क नहुँदा नागरिकले निकै सास्ती खेप्नु परेको र बस गाडी पार्किङ गर्दा पनि रातको समयमा यात्रुलाई असजिलो हुन्थ्यो, अब सबै समस्याको अन्त्य हुने भयो ।”

तुलसीपुर काठमाडौँ बस चालकको काम गदै आउनुभएका केशव भण्डारीले पनि आधुनिक बसपार्क निर्माणले आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले टाढाको दुरीबाट गाडी चलाएर आउनुपर्ने, गार्डी पार्किङको लागि साहुको घर खोज्नुपर्ने बाध्यता अब  हटने  धारणा व्यक्त गर्नुभयो । संरचना बनाएपछि यात्रुलाई पनि सहज हुने उहाँको भनाइ थियो ।  

त्रिशिदेश्वरी राप्ती  यातायात प्रालिका सचिव प्रकाश भट्टले बसपार्क निर्माणले अब जथाभावि रुपमा गाडी राख्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । 

तुलसीपुर उपमहापालिकाका उपप्रमुख माया आचार्यले बसपार्क निर्माणले नागरिकलाई सहज, तथा सुरक्षित यात्रा गराउन सजिलो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले तुलसीपुर बजारलाई स्मार्टसिटिको रुपमा विकास गर्ने र नगरको सुन्दता बढाउन, नागरिकलाई सुविधा प्रदान गर्न सहयोग हुने छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई