2026-09-13 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बरेङको नीति ‘सबैलाई समान शिक्षा’

साउन ५, बलेवा। सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान चलाइरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जोकोहीका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालू आवको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने व्यवस्था गरेको हो । गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा राज्यको स्रोतबाट पारिश्रमिक लिने सम्पूर्ण पदाधिकारीका छोराछोरीलाई सामुदायिकमा भर्ना गर्ने नीति अनिवार्य गरिने उल्लेख गरेको छ ।

गाउँपालिकाले ३५ विद्यालयलाई पत्राचार गर्दै नीतिमा उल्लेख भएका राज्यको स्रोत प्रयोग गर्ने सबैका छोराछोरीको पठनपाठन सामुदायिकमा गर्ने वातावरण मिलाउन भनेको शिक्षा शाखाका प्रमुख सूर्य चालिसेले बताउनुभयो । शिक्षा शाखाले निजी तथा आवासीय विद्यालयमा अध्ययन गरिरहेका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीको तथ्याङ्क सङ्कलन पनि थालेको छ । वडा तहमा तथ्याङ्क सङ्कलन गरेर गाउँपालिकामा पठाउन पत्राचार गरिएको छ । 

“पहिले तथ्याङ्क निकाल्छौँ र गाउँ कार्यपालिकामा छलफल गराउँछौँ”,  चालिसेले भन्नुभयो, “नीति बनेको छ, कार्यान्वयन गराउनु हाम्रो दायित्व हो, आफँैले गरेको निर्णयबाट कोही पनि भाग्न मिल्दैन ।” निजी विद्यालयले चर्को शुल्क उठाउने गरेको गुनासो बढिरहेका समयमा बरेङ गाउँसभाले गरेको निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन् । 

गाउँसभाले बनाएको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले रु ९१ लाख ७० हजार विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । गाउँपालिकाका जनप्रतिनिधिमध्ये केहीका छोराछोरी छिमेकी जिल्लाका निजी विद्यालयमा पुग्ने गरेका छन् । “गाउँमा निजी विद्यालय छैनन्, गुल्मीको शान्तिपुर नजीक पर्ने भएकाले केही जनप्रतिनिधिका छोराछोरी उता जाने गरेको सुनिएकोे छ”, प्रमुख प्रशासकीय अधिकृत थापाले भन्नुभयो, “तथ्याङ्क नभए पनि अब हामीले खोजी गरेर सबैलाई सामुदायिक विद्यालयमा फर्काउने योजनामा छौँ ।”

निःशुल्क तथा आधारभूत शिक्षा दिने राज्यको दायित्व भएकाले सबैले समान शिक्षा आर्जन गर्ने वातावरण सिर्जना गर्नकै लागि सामुदायिक विद्यालय प्रोत्साहन कार्यक्रम ल्याइएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “शिक्षा क्षेत्र बलियो नभएसम्म समाज बलियो हुँदैन, विभेदकारी शिक्षाले द्वन्द्व सिर्जना गर्छ”, शर्माले भन्नुभयो, “हाम्रो सरकारले गाउँपालिकाभित्र सबैलाई समान शिक्षा दिने नीति लिएको छ, जसबाट जनप्रतिनिधिले पनि छु्ट पाउनुहुन्न ।”

गाउँपालिकाले विद्यालय व्यवस्थापनकै लागि शिक्षक मिलान र विद्यालय गाभ्ने काम  थालेको छ । चालू आवमा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई सबै अवस्थाको अध्ययन गरेर गाभ्ने वा कक्षा घटाउने अभियान शुरु गरिएको शिक्षा शाखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले