2026-09-12 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्तमा योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण

भदौ ११, कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का आधारमा नगर क्षेत्रभित्रका विद्यालयका लागि स्थानीय पाठ्क्रम तयार गरिएको बताउनुभयो ।

“स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रको मौलिकता, विषयवस्तुका आधारमा पाठ्यक्रम बनाउने अधिकार छ । त्यसअनुसार तयार गरिएको छ । तयार गरिएको पाठ्यक्रम विद्यालयमा लागु गछौँ”, उहाँले भन्नुभयो । नगरपालिकाको कार्यपालिकाले केही दिन अघि स्थानीय पाठ्क्रम स्वीकृत गरी लागू गर्ने निर्णयसमेत गरेको छ । नगरपालिकाभित्र रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको विकासका लागि स्थानीय पाठ्क्रम निर्माण गरिएको भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।

नगरपालिकाले दुई किसिमका पाठ्यक्रम निर्मा ण गरेको उहाँको भनाइ छ । “योग शिक्षामा योग र आयुर्वेदलाई प्राथमिकता दिइएको छ”, उहाँले भन्नुभयो, “एकीकृत पाठ्यक्रममा नगरको कृषि, धार्मीक क्षेत्र, संस्कृति, स्थानीय सम्भावनालगायत विषय समेटिएको छ ।” नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्क्रम निर्माण गरेको छ । योग शिक्षा कक्षा १ देखि कक्षा ३ मा अध्ययनरत विद्यार्थीलाई पढाइने उहाँले बताउनुभयो  । नगरपालिकाको इतिहास, कला, साहित्य, संस्कृति, भाषा, वन, कृषिलगायतलाई समावेश गरी तयार गरिएको एकीकृत स्थानीय पाठ्यक्रम आधारभूत तहका विद्यार्थीलाई पढाइने छ ।

विद्यालय सञ्चालन भएपछि योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइने शिक्षा शाखा प्रमुख जोशीले बताउनुभयो । चालु शैक्षिक सत्रदेखि यहाँका विद्यालयमा कक्षा १ का विद्यार्थीलाई योग शिक्षा विषय पढाई हुने उहाँको भनाइ छ । राष्ट्रिय पाठ्यक्रम, २०७६ मा भएको व्यवस्थाअनुसार भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्ने तयारी गरेको हो । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । पाठ्यक्रममा भीमदत्तको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापनलगायत विषयलाई समावेश गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माणको तयारी पूरा गरेको छ । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिलाई समावेश गरी स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरिएको शुक्लाफाँटाका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन