2026-11-02 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी बौद्ध विश्वविद्यालयः ‘घरघरमा परीक्षा’

नरेश केसी । असोज १, लुम्बिनी । विद्यालय तहको एसइईको परीक्षामा विद्यार्थी सहभागी नभइकनै आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन भयो । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र  संस्कृत विश्वविद्यालयले अनलाइन माध्ययमबाट पठनपाठन गराए पनि  विद्यार्थीको परीक्षा लिन सकेका छैनन् र अहिलेसम्म अन्योलको अवस्था छ ।

कोरोना महामारीको सङ्क्रमण फैलिन सक्ने डरले विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानले परीक्षा गर्न नसकेर शैक्षिकसत्र नै हटाउने कि आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन गर्ने भन्नेमा अन्योल भइरहेका बेला लुम्बिनी बौद्ध विश्वविद्यालयले भने घरघरमा परीक्षा कार्यक्रमअन्र्तगत आफ्ना विद्यार्थीको परीक्षा सञ्चालन गरेको छ । 

 विश्वविद्यालयले स्नातकोत्तर र स्नातक तहको परीक्षा आइतबारदेखि सञ्चालन गरेको हो । स्नातकोत्तर तहमा सङ्गीत र पुरातत्व विषयका परीक्षा सञ्चालन भइरहेका छन् । यस्तै स्नातक तहमा कानून, बौद्धदर्शन र  भोट विषयमा परीक्षा भइरहेका छन् । कानूनतर्फ मात्रै पहिलो सेमेष्टरका ८५  विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।  परीक्षामा शतप्रतिशत विद्यार्थीको सहभागिता छ । 

विश्वविद्यालयले घरघरमा परीक्षाको अवधारणानुसार परीक्षा सञ्चालन गरेको विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्य बताउनुहुन्छ । उहाँले रासससंग भन्नुभयो,‘ हामीले धेरै अध्ययन र अनुसन्धान गर्यौं र घरघरमा परीक्षा ‘डोर टु डोर परीक्षा’ को अवधारणा लिएका हौँ  ।’

उहाँका अनुसार क्लष्टर छुट्याई आइपर्न सक्ने समस्याको विश्लेषण गरेर परीक्षा केन्द्र तोकी घरघरमा परीक्षा सञ्चालन गरिएको छ । ‘यस्तो महामारीका समयमा परीक्षामा सहभागी हुने विद्यार्थी, शिक्षक, कर्मचारी कसैमा पनि समस्या आइहालेमा के गर्ने भन्ने तयारीका साथ परीक्षा सञ्चालन गरेका छौं ।’ उहाँ ले भन्नुभयो, ‘हामीले अस्पताल र  मुख्य राजमार्ग नजीक भएको, खुला र ठूला भवन भएको ठाउँलाई केन्द्र तोकेकाछौं । विद्यार्थीहरु जहाँ छन्, त्यहीँ बसेर परीक्षा दिने वातावरण बनाएका छौँ ।’

स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यार्थी जहाँ छन् त्यहीँ नै परीक्षा सञ्चालन गर्दा केही खर्चिलो भए तापनि विश्वविद्यालयका लागि  उपलब्धिमूलक रहेको डा आचार्यले बताउनुभयो । उहांँले भन्नुभयो, ‘एकै परीक्षा केन्द्रमा हुन सक्ने परीक्षा पाँच जिल्लाका आठ वटा सेन्टरमा लिइरहेका छौं ।’ 

लुम्बिनी, काठमाडौँ, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले केही दिनमै  बिबिटिटिएमको परीक्षा गर्ने गरी सूचनासमेत प्रकाशन गरिसकेको छ । 

 विश्वविद्यालयले नयाँ ढाँचाको परीक्षा सञ्चालन गरेर  अन्योललाई चिरेको शिक्षाविद् बालकृष्ण भट्टराई बताउनुहुन्छ । उहांँले  परीक्षा सञ्चालनका विषयमा सबै विश्वविद्यालय अन्योलमा रहेको र लाखौँ विद्यार्थी परीक्षा होला कि नहोला भनेर चिन्तित रहेका अवस्थामा भौतिक दूरी कायम गरेर लिइएको परीक्षा  प्रभावकारी देखिएको बताउनुभयो ।

स्नातकोत्तर तहमा अनलाइन(अभौतिक) र स्नातक तहमा भौतिक माध्यमबाट परीक्षा सञ्चालन गरिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धिश्वरमान श्रेष्ठले बताउनुभयो ।  परिक्षा नियन्त्रक श्रेष्ठले सेनेटाइजर, मास्क र पञ्जा प्रयोग गरेर एउटा केन्द्रमा बढीमा १५ जनासम्म राखी परीक्षा सञ्चालन गरिएको बताउनुभयो । उहांँले भन्नुभयो, ‘जहाँ विद्यार्थी त्यहीँ  परीक्षा सञ्चालन गरेका छौंँ । हुम्लामा एक जना विद्यार्थी छन्, उनको त्यहीँ नै स्थानीय क्याम्पससंँग समन्वय गरेर परीक्षा लिएका छौं ।’ हुम्लाका विद्यार्थी खड्क जैसीले मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिइरहनुभएको छ । 

बौद्ध विश्वविद्यालयले मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख वसन्त रोकायलाई परीक्षा केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ ।  हुम्लामा प्रश्नपत्र जुन दिन जुन विषयको हुन्छ त्यही दिन परीक्षा शुरु हुनुभन्दा केही मिनेट अगाडि  इमेलमार्फत पठाउने गरिएको र उत्तरपुस्तिकासमेत इमेलबाटै विश्वविद्यालयमा आउने गरेको छ ।  बडादशँै अगाडि सकेसम्म सबै तहका सबै विषयको परीक्षा सक्ने गरी कार्यक्रम बनाइएको परीक्षा नियन्त्रक श्रेष्ठले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द