२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

टोल शिक्षा कार्यक्रम सञ्चालनः शिक्षकलाई पढाउन भ्याइनभ्याइ

२०७७, १४ आश्विन बुधबार ०७:१०

असोज १४, डोटी । कोरोना महामारीका कारण अध्ययनअध्यापन प्रभावित भएपछि डोटीका सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका छन् । 

इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन नसकेपछि यहाँका सामुदायिक विद्यालयलले टोल शिक्षा सञ्चालनमा ल्याएका  हुन् । टोल शिक्षा सञ्चालनमा आएपछि अहिले शिक्षकलाई पढाउन भ्याइनभ्याइ हुन थालेको छ । 

यहाँका विभिन्न स्थानीय तहका सामुदायिक विद्यालयले शिक्षकको दैनिक रुटिन निकालेर कुन टोलमा कुन दिन कुन शिक्षकले पढाउने भन्ने विषयमा अग्रिम जानकारी दिन थालेको छ । सामुदायिक विद्यालयले निकालेको सूचना अर्थात् रुटिनका आधारमा शिक्षकले टोलटोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् ।

जिल्लाको केआइसिंह, पूर्वीचौकी, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, आदर्श, सायल गाउँपालिका तथा दिपायल सिलगढी र शिखर नगरपालिकामा रहेका सामुदायिक विद्यालयले यहाँका गाउँका टोलटोलमा पुगेर विद्यार्थी पढाउन टोल शिक्षा लागू गरी पढाउन थालेको केआइसिंह गाउँपालिका–५ छत्रेश्वरी माविका शिक्षक घनश्याम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण विद्यालयमा आइसोलेसन बनाइएका छन्, पढ्न नपाएर विद्यार्थीलाई समस्या भएपछि हामीले टोल शिक्षा लागू गरी पढाउन शुरु गरेका छौँ, यसले विद्यार्थीलाई पढ्न र सिक्न सहज भएको छ ।” उक्त विद्यालयमा मात्रै कम्तीमा पनि ५०० भन्दा बढीको सङ्ख्यामा विद्यार्थी छन् । 

टोल शिक्षा लागू गरेसँगै यहाँका सामुदायिक विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याका आधारमा पायक पर्ने ठाउँमा पढाउन थालेको बताइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै यहाँका सामुदायिक विद्यालयले आफ्ना स्थानीय तहका विभिन्न टोलमा टोल शिक्षा लागू गरी पढाउन थालेको महेन्द्र प्रस्तावित आधारभूत माविका शिक्षक प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्ख्याको आधारमा प्रत्येक टोल तथा गाउँमा पढाउन थालिएको छ ।

यसरी सञ्चालन गरिएका टोल शिक्षा पढाइ केन्द्रमा शिक्षकले सामाजिक दूरी कायम गर्दै, उपलब्ध भएसम्म स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरी विद्यार्थीलाई पढाउन थालेको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “टोल शिक्षा कार्यक्रमअन्तर्गत विशेषतः कोरोना सङ्क्रमणबाट कसरी बाँच्ने, सामाजिक ज्ञान, सीपसँगै केही औपचारिक शिक्षाका पाठ्यवस्तु पठनपाठन गराउने गरेका छौँ, विद्यार्थीले पनि लामो समयपछि पढ्ने मौका पाएका छन् ।” 

कोभिड–१९ सङ्क्रमणका कारण गएको चैतदेखि जिल्लामा सम्पूर्ण शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प भएको छ । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अहिलेसम्म पनि क्वारेन्टिन निर्माण गरिएको छ भने क्वारेन्टिन खाली गरिएका विद्यालयमा स्वास्थ्य संस्थाले निर्मलीकरण नगरिदिँदा झन् समस्या भएको शिक्षकहरुको गुनासो छ । महामारीको यो अवस्थामा विद्यालयमा नै पठनपाठन सम्भव नभए पनि टोलटोलमा पुगेर पढाउँदा बालबालिकालाई सहज भएको भन्दै जिल्लाका शिक्षक तथा अभिभावक खुशी भएका छन् ।

त्यसैगरी जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ स्थित नवयुग सामुदायिक सिकाइ केन्द्रले पनि पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा शुरु गरी पढाउन शुरु गरेको छ । सो सिकाइ केन्द्रले आफ्नो वडाका २१ टोलमा यो कार्यक्रम लागू गरी विद्यार्थी पढाउन शुरु गरिएको केन्द्रका अध्यक्ष दीपेन्द्र खड्काले जानकारी दिनुभयो । सिकाइ केन्द्रअन्तर्गतका प्रत्येक २१ वटै टोलमा टोल शिक्षा सञ्चालन भइरहेको ठाउँमा आफू पनि पुगेर सहजकर्ता परिचालन गराइएको सिकाइ केन्द्रका सामुदायिक परिचालक अमृता खड्काले बताउनुभयो ।

उक्त सिकाइ केन्द्रले सञ्चालन गरिरहेको टोल शिक्षा कार्यक्रमसँगै, स्थानीय रेडियो शिक्षा कार्यक्रम, टेलिभिजन कार्यक्रमलगायत वैकल्पिक शिक्षा पनि सञ्चालन गरिरहेको पाइएको छ । कोरोना महामारीको समयमा औपचारिक शिक्षा अवरोध भएता पनि विद्यार्थीको निरन्तर सिकाइका लागि यहाँका सामुदायिक तथा सामुदायिक सिकाइ केन्द्रले वैकल्पिक विधि प्रयोग गरी पढाउन थालेका हुन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै