७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

स्याङ्जाको सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

१५ कार्तिक २०७७, शनिबार ०२:५७

कात्तिक १५, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताउनुभयो ।

“पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भन्नुभयो, “मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं ।” विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको पठन पाठन शुरु गरेको हो । “कक्षा एकमा अध्ययनरत विद्यार्थीलाई मगर भाषा पढाएका छौं”, प्रअ रानाले भन्नुभयो, “आगामी शैक्षिक सत्रबाट अन्य कक्षाहरुमा पनि ऐच्छिक विषयकोरुपमा मगर भाषा पढाउन  शुरु गर्छौं ।”

विद्यालयमा हाल १–३ कक्षा सञ्चालन हुँदै आएको छ । मगर समुदायको बाहुल्यता रहेको गल्याङ नगरपालिकाको उक्त विद्यालय मगर भाषा पढाउने पहिलो विद्यालय रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार शर्मा आचार्यले बताउनुभयो । मगर भाषा, कला, संस्कृति, लिपीको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्नका लागि नगरपालिकाले मगर भाषा अध्यापनका लागि एक जना शिक्षक उक्त विद्यालयलाई उपलब्ध गराएको शाखा प्रमुख आचार्यले बताउनुभयो । नगरपालिकाले नेपाली भाषापछिको दोस्रो भाषाकोरुपमा मगर भाषालाई मान्यता दिने निर्णय गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ