2026-09-12 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुदूरपश्चिमका जिल्लामा वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो

कात्तिक १५, सुदूरपश्चिम । कोरोना सङ्क्रमणको जोखिमका बीच विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ ।

विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न नसक्दा सिकाइ विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या देखिएको हो । अधिकांश विद्यालयले अनलाइन कक्षामार्फत शिक्षण सिकाइ गरिरहेकामा कतिपय विद्यालयले सामुदायिक शिक्षण सिकाइ (टोल शिक्षा) मार्फत पठनपाठन गरिरहेका छन् । केही विद्यालयले सीमित सङ्ख्यामा विद्यार्थीलाई विद्यालयमा बोलाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शिक्षण सिकाइ गरिरहेका छन् ।

सरकारले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा सिकाइका पाँचवटा वैकल्पिक विधि तोकिएको छ । वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्ने विद्यार्थीको पढाइ सञ्चालन हुन नसकेपछि  सम्बन्धित अभिभावक चिन्तित देखिनुभएको छ । धनगढीको एक बोर्डिङ स्कूलमा आफ्ना छोराछोरीलाई अध्ययन गराउँदै आउनुभएका स्थानीय योगेन्द्र चन्दले विद्यालयले शुरु गरेको अनलाइन कक्षाका लागि आफ्नो त्यति पहुँच नभएको र वातावरण पनि नमिलेकाले छोराछोरीको पढाइ रोकिएको बताउनुभयो ।

विद्यालय गएर पढ्ने वातावरण बनेपछि मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने योजना उहाँले बनाउनुभएको छ । उहाँले भन्नुभयो, “पढ्नेका लागि सबै विद्यालयको शिक्षण सिकाइ एकैखालका हुन्, बोर्डिङमा नै छोराछोरीलाई पढाउनुपर्छ भन्ने केही छैन ।” 

धनगढी उपमहानगरपालिका कार्यालय शिक्षा शाखाका अधिकृत महादेव जोशीले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम वैकल्पिक विधिको प्रयोग गरी विद्यालयमा पठनपाठन भइरहेको भए पनि सबै विद्यार्थी यो विधिमा नसमेटिएको बताउनुभयो । झण्डै ६० प्रतिशत छात्रछात्रा मात्र वैकल्पिक विधिमा सहभागी भइरहेको अनुमान गरिएको भन्दै जोशीले भन्नुभयो, “वैकल्पिक विधिमा सहभागी हुन नसकेका छात्रछात्राको पढाइ भने सञ्चालन हुनसकेको छैन ।”

वैकल्पिक विधिमार्फत पठनपाठन भइरहँदा सिकाइ त्यति प्रभावकारी नभइरहेको गुनासो पनि कतिपय अभिभावकले गर्न थालेका छन् । यद्यपि लामो समयदेखि विद्यालय जान नपाएका छात्रछात्रा भने आ–आफ्नै घरबाट वैकल्पिक विधि अपनाएर पढ्न पाउँदा भने खुशी देखिएका छन् । कोरोनाको जोखिमका कारण उनीहरुमा मनोवैज्ञानिक त्रास पनि उत्तिकै छ । 

कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालयका विद्यार्थीको पठनपाठन लामो समयदेखि अवरुद्ध हुँदा सरकारी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकभन्दा निजी क्षेत्रका विद्यालयका शिक्षकमा कोरोनाको प्रभाव बढी परेको छ । निजी क्षेत्रका विद्यालयमा कार्यरत अधिकांश शिक्षक तलब पारिश्रमिक पाउन नसकेर प्रभावित भएका हुन् ।

 स्थानीय शिक्षक जनक पाण्डेयले कोरोना सङ्क्रमणको जोखिमले लामो समयदेखि विद्यालय बन्द हुँदा निजी क्षेत्रका विद्यालय धरासायी बनेको बताउनुभयो । अहिलेको अवस्थामा वैकल्पिक विधि अपनाएर शिक्षण सिकाइ शुरु गर्दा पनि साविकमा पढ्दै आएका विद्यार्थीमध्ये ४० प्रतिशतले मात्र वैकल्पिक विधिमा सहभागी हुन पाएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन