2026-09-12 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बडीमालिकाका सबै विद्यालयमा पढाइ शुरु

मङ्सिर ८, मार्तडी । जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् । 

नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेसँगै सबै सरकारी तथा निजी विद्यालय खुलेको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको छ, कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आइतबारदेखि पढाइ शुरु गरेका छौँ ।” प्रधानाध्यापक पाध्यायले नगर शिक्षा समितिको बैठकले मङ्सिर ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको भए पनि ११ कक्षाको परीक्षाका कारण आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सञ्चालनमा ल्याएको बताउनुभयो । कोरोनाको जोखिम कायमै रहेको भए पनि लामो समयपछि विद्यालयमा आफ्ना विद्यार्थी भेट्न पाउँदा विद्यार्थी र शिक्षक हर्षित भएको प्रधानाध्यापक पाध्यायको भनाइ छ । 

माध्यमिक र क्याम्पस तहका कक्षा खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखाका प्रमुख रामबहादुर कटुवालले जानकारी दिनुभयो । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाई बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिइएको हो । 

विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुन लागेको चोयाकोट माविका शिक्षक श्याम रावलले बताउनुभयो । “कोरोना जोखिमबाट बच्न हामीले विद्यालयमा गर्ने सम्पूर्ण सुरक्षा प्रविधि अपनाउने छौँ, घरमा पनि अभिभावकले सुरक्षा अपनाउन जरुरी भएको छ”, उहाँले भन्नुभयो ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका र बीचमा सिफ्टमा सञ्चालन गरिएको भए पनि प्रभावकारीरूपमा पढाइ नभएकाले विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न पत्राचार गरी विद्यालय सञ्चालन गरिएको बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले बताउनुभयो । विद्यालय सञ्चालन गर्ने निर्णयसँगै नगरपलिकाभित्र रहेका सामुदायिक र निजी गरी २८ माध्यमिक विद्यालय तथा एक क्याम्पस सञ्चालनमा आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग