2026-09-12 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

भरपर्दो बिजुलीको पहुँचमा रोल्पा

मङ्सिर १६, रोल्पा | रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले  रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३/११ केभी सवस्टेशन सोमबारदेखि चार्ज भएको छ । सो सवस्टेशनको निर्माणपछि रोल्पामा सहजरुपमा विद्युत् प्रवाह हुने र भोल्टेजमा देखिने समस्यासमेत समाधान हुने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पा नगरपालिका–३ लाँकुरीमा निर्माण भएको सवस्टेशनको उद्घाटन गर्नुभएको प्राधिकरणले जनाएको छ । सवस्टेशनको निर्माणपछि विद्युतीकरण भएका रोल्पाका अधिकांश स्थानीय तहका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने प्राधिकरणको विश्वास छ । सवस्टेशनको अभावमा यसअघि रोल्पामा सामान्य पानी पर्दा वा हावाहुरी चल्दासमेत विद्युत् अवरुद्ध हुने गरेको थियो । 

भारतको ए टू–जेड इन्फ्रा इञ्जिनीयरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त सवस्टेशन एशियाली विकास बैंकको रु १० करोड सहयोगमा निर्माण सम्पन्न भएको हो । सवस्टेशनबाट रोल्पाका सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत् सेवा पाउनेछन् । यसअघि रोल्पामा  प्यूठानको झिम्रुक शवस्टेशनबाट विद्युत् वितरण हुँदै आएको थियो । मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण भइसक्ने बताउँदै सवस्टेशनको क्षमता विस्तार तथा नयाँ निर्माणलाई तीव्र पारिएको उल्लेख गर्नुभयो । 

“उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो”, मन्त्री पुनले भन्नुभयो, “सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् पुर्याउने गरी काम गरिरहेको छ ।” रोल्पामा कूल १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब करिब सम्पन्न भएको छ । सो आयोजनाको शीघ्र निर्माण कार्य शुरु गर्ने तयारीमा सरकार लागिपरेको छ । 

आगामी दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म मन्त्री हुनुअघि जिल्लामा विद्युत्का आठ हजार ५०० ग्राहक रहेकामा हाल २३ हजार पुगेको छ । विद्युत्को सहज उपलब्धता र संचरना विस्तारसँगै यही  वर्ष ग्राहक सङ्ख्या बढेर ३० हजार पुग्ने अनुमान छ ।”

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य प्राधिकरण जनताको घरमा बिजुली पुर्याउने मात्र नभई विद्युत् सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताउनुहुन्छ । प्राधिकरण विद्युत् उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागिपरेको उहाँको भनाइ छ । विद्युत् अर्थतन्त्रको इन्जिन भएकाले कायममुकायम कार्यकारी निर्देशक शाक्यले लाँकुरी सवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा