२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा सामुदायिक विद्यालय खुलाइँदै !

२०७८, १० श्रावण आईतवार ०८:०६

राजकुमार पराजुली । साउन १०, काभ्रेपलाञ्चोक (रासस) । कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन शुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि शुरु गरिएको नगर शिक्षा शाखाले जनायो । 

स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै निश्चित समयभित्र तोकिएको शैक्षिक गतिविधि थालिएको नगर शिक्षा शाखाप्रमुख लोकेन्द्र विष्टले जानकारीदिनुभयो । “वैकल्पिक शैक्षिक सिकाइ गर्नेगरी समयमा विभाजन गरी विद्यालय खुलाएका हौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार नयाँ शैक्षिकसत्र २०७८ अन्तर्गतको कक्षामा पठनपाठन शुरु गरिएको हो । 

शाखाका अनुसार दैनिक छुट्टाछुट्टै कक्षामा विद्यार्थी बोलाई शैक्षिक क्रियाकलाप गरिने जनाइएको छ । आइतबार एकदेखि तीन कक्षा, सोमबार ४ देखि ५ कक्षा गर्दै क्रमशः १२ कक्षासम्मका विद्यार्थीलाई पठनपाठन गर्न थालिएको हो । शिक्षक–विद्यार्थीलाई भने अनिवार्य भौतिक दूरी र स्वास्थ्यका मापदण्ड अपनाउन भनिएको जनाइएको छ । 

मण्डनदेउपुर नपा–१० उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाले भौतिक दूरी कायम गर्दै स्वास्थ्यका मापदण्ड अपनाई विद्यालय गत आइतबारदेखि नगरको निर्णयसँगै खुलाइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आलोपालो प्रणालीमा विद्यालयमा विद्यार्थी बोलाइएको छ, यसले विद्यालय आउने बानी बस्नुका साथै पढाइप्रतिको रुचि जाग्नेछ ।” उहाँले विशेषगरी शिक्षक–विद्यार्थीले अनिवार्य भौतिक दूरी कायम गर्दै र स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताउनुभयो । मण्डनदेउपुर नगरमा २८ आधारभूत, १२ माध्यमिक, एक क्याम्पस र ४२ बालविकास केन्द्र छन् । 

तेमाल गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन नै दिएको छ । शुक्रबार गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुख लक्षण कुईंकेलले विद्यालय सञ्चालन सम्बन्धमा विज्ञप्ति जारी गर्दै लामो समयदेखि अवरुद्ध विद्यालयको पठनपाठन सञ्चालन गर्न चारबुँदे निर्देशनसमेत गर्नुभएको छ । 

निर्देशनमा स्वास्थ्यसम्बन्धी मापदण्ड तथा भौतिक दूरी कायम गरी विद्यालय सञ्चालन गरी भौतिकरुपमा शैक्षिक क्रियाकलाप गर्नुपर्ने, त्यसो गर्न नसकिए वैकल्पिक माध्यमबाट पठनपाठन गराउनुपर्ने तथा टाढाबाट आएका शिक्षकलाई कोरोनाविरुद्धको खोप अनिवार्य लगाई नियमित काममा खटाउन प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनलाई आग्रह गरिएको उल्लेख छ । तेमालमा भने ४१ सामुदायिक विद्यालय छन् । 

केन्द्रीय सरकारले विद्यालय खुलाउने निर्णय नगरी स्थानीय तहले आफूखुशी विद्यालय सञ्चालन गर्न लागेकामा आपत्ति व्यक्त गर्दै महामारीको जोखिममा आफूखुशी निर्णय गर्नु उपयुक्त नभएको जिल्ला कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का संयोजक शिवराम पोखरेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “संवेदनशील विषयमा आफूखुशी निर्णय गर्नु राम्रो होइन, यदि सोही कारण भयाभह अवस्था आए स्वयं जिम्मा लिनुपर्ने पनि हुनसक्छ ।” यसबारे जिल्लास्थित सरोकारवालासँग छलफल गरिने  प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । जिल्लाका कूल ६९० विद्यालयमध्ये ५८७ सामुदायिक विद्यालय छन् । पछिल्लो केही हप्तादेखि काभे्रमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्नुका साथै दैनिकजसो एक सङ्क्रमितको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । कोरोनाका कारण शनिबार जिल्लाका दुईको मृत्यु भयो भने शुक्रबार एकको मृत्यु भएको छ । तीन हप्ताअघिसम्म करीब ३०० को हाराहारीमा झरेको सङ्क्रमितको सङ्ख्या हाल दोब्बरको अवस्थामा रहेको देखिन्छ । काभ्रेमा हालसम्म सङ्क्रमित १२ हजार २१४ मध्ये ११ हजार ४३१ सङ्क्रमणमुक्त भएका छन् भने १७६ को मृत्यु भइसकेको छ । 

जिल्लाका हाल ६०८ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १३४, पनौतीमा १५४, पाँचखालमा १०८, नमोबुद्धमा ४५, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा १०, चौँरीदेउरालीमा चार, तेमालमा १०, भुम्लु तीन, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये खानीखोला गाउँपालिका हाल कोरोना सङ्क्रमणमुक्त अवस्थामा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो