2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

कोरोना महामारी कायमै तरपनि अनुमति विनै विद्यालय सञ्चालन

कृष्ण न्यौपाने। साउन १८, दमौली(रासस)। कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । 

तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन् । निजी विद्यालयले विद्यालय पोशाक विना विद्यार्थी विद्यालयमा बोलाएका छन् भने सामुदायिक विद्यालयले विद्यालय पोशाकमै विद्यार्थी बोलाएर पठनपाठन शुरु गरेका हुन् । 

यद्यपि कतिपय विद्यालयका प्रधानाध्यापकले भने विद्यार्थीलाई विद्यालयमै बोलाइएपछि पठनपाठन शुरु नगरिएको दाबी गरेका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित न्यू मनकामना बोर्डिङ स्कूलका प्रिन्सिपल दिपेन्द्र चौहानले गृहकार्य दिनका लागि विद्यार्थी बोलाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो । “विद्यालय खोलेको तीन चार दिन भयो, पठनपाठनभन्दा पनि विद्यार्थीलाई गृहकार्य दिने काम भएको छ”, उहाँले भन्नुभयो, “पूर्णरुपमा विद्यालय नै खुलेको होइन ।”

लामो समयदेखि विद्यालय बन्द भएर विद्यार्थी घर बस्दा पढ्ने बानी हराउँदै जान थालेपछि अभिभावकको गुनासो आएकाले विद्यार्थीलाई विद्यालयमै बोलाइएको चौहानले बताउनुभयो । “अभिभावकले पनि विद्यालय खोलिदिएअहुन्थ्यो भनेर गुनासो गर्न थाल्नुभयो, दुई/तीन घण्टा विद्यार्थीलाई विद्यालयमा राखेर घर पठाउँछौँ”, उहाँले भन्नुभयो । 

व्यास नगरपालिका–५ साँगेस्थित व्यास मनकामना बोर्डिङका प्रिन्सिपल रामकृष्ण विकले औपचारिकरुपमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीलाई बोलाएर एक÷दुई घण्टा पठनपाठन गराइएको बताउनुभयो । 

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमै दुई घण्टा कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । एन प्याब्सन तनहुँका अध्यक्षसमेत रहनुभएका उहाँले कतिपय विद्यालयले बससमेत सञ्चालन गरेको आफूले जानकारी पाएको बताउनुभयो । 

व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले आइतबारदेखि विद्यालयमै पठनपाठन शुरु गरेको छ । विद्यालयका शिक्षक कृष्णचन्द्र पाण्डेले आजदेखि विद्यार्थी बोलाइएको बताउनुभयो । “अहिलेसम्म त हामीले पनि अनलाइनबाटै कक्षा चलाइरहेका थियौँ, तर केही दिनयता बोर्डिङ खुल्न थाले, बस पनि चल्न थालेपछि विद्यालयले कक्षा सञ्चालन गर्ने निर्णय गर्यो”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार जोर बार जोर कक्षा र विजोर बार विजोर कक्षा सञ्चालनको तयारी गरिएको छ । “पहिलो दिन स्वअध्ययन सामग्री पनि बाँडेका छौँ, अहिलेसम्म त अनलाइनबाटै पठनपाठन भइरहेको थियो”, उहाँले भन्नुभयो । 

दमौलस्थित वाराही बोर्डिङका प्रिन्सिपल विष्णु खड्काले परीक्षा सञ्चालनका लागि विद्यालय खोलिएको र बस सञ्चालन गरिए पनि पठनपाठन भने नभएको बताउनुभयो । “परीक्षा सञ्चालनका लागि दुई घण्टा विद्यालय खोलेका छौँ”, उहाँले भन्नुभयो । 

व्यास नगरपालिका–१ का अभिभावक विष्णु थापाले विद्यालयले विद्यालय खोलेर बच्चा पठाउन भनेपछि आफूले छोराछोरीलाई विद्यालय पठाउन थालेको एक हप्ता भएको बताउनुभयो । “कोभिडको जोखिम झनै बढेको छ तर विद्यालयले बच्चा पठाउनु भनेपछि पठाउनै पर्यो”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको जानकारी पाएको बताउनुभयो । “विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकले जानकारी गराउनुभएको छ, तर हामीले खोल्ने अनुमति दिएका छैनौँ”, उहाँले भन्नुभयो, “कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका छौँ ।” उहाँले केही भए त्यसको जवाफदेही स्वयं विद्यालय हुनुपर्ने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने साउन २० गतेसम्म निषेधाज्ञा कायमै रहेको र पठनपाठनका लागि विद्यालय खोल्ने अनुमति नभएको बताउनुभयो । “केही दिन अगाडि एक÷दुई वटा विद्यालय खुलेको जानकारी आएको थियो, लगत्तै विद्यालय बन्द गर्न निर्देशन दियौँ”, उहाँले भन्नुभयो । तर परीक्षा सञ्चालनका लागि भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न दिइएको प्रजिअ आचार्यले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक