2026-11-02 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

एमडी एमएस कक्षा सञ्चालन गरिने

माघ ७, जनकपुर |  मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी एमएस कक्षा छिट्टै सञ्चालन गर्ने भएको छ । स्थापना भएको करिब डेढ वर्षकै अवधिमा बिएसी नर्सिङ, बिपिएच, बिएमएलटी र बिएन एस कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले छिट्टै एमडी एमएस कक्षा पनि सञ्चालनको तयारी गरेको हो । मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थापेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिनुभयो । 

“हामी छिट्टै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “तर प्रतिष्ठानसँग अहिले आफ्नो स्वामित्वको अस्पताल नहुँदा उक्त कक्षा सञ्चालनमा केही कठिनाइ भएको छ ।” “एमडी एमएस कक्षा सञ्चालनका लागि आफ्नै स्वामित्वको अस्पताल चाहिन्छ”, उपकुलपति साहले भन्नुभयो, “आफ्नो स्वामित्वको अस्पताल प्रतिष्ठानसँग छैन, ऐनअनुसार जनकपुरधामस्थित प्रादेशिक अस्पताल प्रतिष्ठानको मातहतमा आइसकेपनि पूर्ण स्वामित्व हस्तान्तरण भइ नसकेकाले चाहेर पनि एमडी एमएस कक्षा सञ्चालन गर्न सकिएकोे छैन्, यद्यपि प्रादेशिक अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरणको पहल भइरहेकाले त्यो हुने बितिकै एमडी एमएस कक्षा सञ्चालन गर्नेछौँ ।”

गत २०७७ कार्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी २०७८ मङ्सिर महिनादेखि चार विषयको कक्षा सञ्चालन गर्दै  आएको छ । जसअन्तर्गत बिएन एस सङ्कायमा १६, बिएसी नर्सिङ,  बिपिएच र बिएमएलटीमा एक÷एक विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ । सबै शैक्षिक कार्यक्रममा २०÷२० विद्यार्थी भर्ना गराउनका लागि अनुमति पाए पनि  चिकित्सा शिक्षा आयोगले यसबर्ष लिएको प्रबेश परीक्षामा थोरै मात्र विद्यार्थी उत्तिर्ण भएकाले अपेक्षाकृत विद्यार्थी भर्ना हुन नसकेको  प्रतिष्ठानले जनाएको छ । गठन भएको छोटो समयमै स्वास्थ्य सङ्कायतर्फका विषय सञ्चालन गर्न सफल प्रतिष्ठानमा ऐनले तोक बमोजिमको पदाधिकारी नियुक्त हुन नसक्दा अन्य प्रशासनिक तथा व्यवस्थापकीय गतिबिधिमा समेत असर परेको छ । 

उक्त प्रतिष्ठानको ऐनमा उपकुलपति, शिक्षाध्यक्ष, रेक्टर, रजिष्टार, अस्पताल निर्देशक र पदपूर्ति समिति अध्यक्षको व्यवस्था भए पनि हाल सो प्रतिष्ठानमा उपकुलपति बाहेक सबै पद रिक्त छन् । प्रदेश सरकारले २०७७ साल पुसमा प्रतिष्ठानको उपकुलपतिमा साह, रेक्टरमा डा. अङ्कुरकुमार साह र रजिष्टारमा डा. बिनोदकुमार यादवलाई नियुक्त गरेपनि नियुक्तिको बिषयलाई लिएर जनकपुरस्थित उच्च अदालतमा मुद्दा दायर भए पछि हाल ती पदहरु रिक्त हुन पुगेका थिए । 

प्रदेश सरकारले नियमावली नै नबनाइ प्रतिष्ठानमा नियुक्ति दिएको भन्दै दायर रिटमा उक्त अदालतले उपकुलपति साह अदालतको आदेशमा पुनःबहाली भएपनि नियुक्त भएका रेक्टर र रजिष्टारको पदमा नियमावली बनाइ पारदर्शी ढङ्गबाट नियुक्त गर्न परमादेश आदेश जारी गरेको थियो । 

अदालतको आदेश पछि  नियमावली तयार गरेर प्रतिष्ठानमा रिक्त पदाधिकारीको पदपूर्तिका लागि गृहकार्य भइरहेको प्रादेशिक सामाजिक विकास मन्त्री तथा प्रतिष्ठानका सहकुलपति नवलकिशोर साहले बताउनुभयो । “सो विवादमा अदालतले २०७८ पुस ६ गते परमादेश जारी गरिसके पनि परमादेशको पूर्ण पाठ आइसकेको छैन”, मन्त्री साहले भन्नुभयो, “जसका कारण पदपूर्तिलगायतका कार्य अघि बढाउन गाह्रो भएको छ ।” अदालतबाट परमादेशको पूर्ण पाठ आएलगत्तै अन्य कार्य अघि बढ्ने उहाँको भनाइ थियो । प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरणको समेत काम अघि बढिसकेकाले आवश्यक तयारी पूरा हुनेबितिकै प्रतिष्ठानलाई अस्पतालको स्वामित्व हस्तान्तरण गरिने मन्त्री साहले जानकारी दिनुभयो । 

प्रदेश सरकारबाट वार्षिक रु १० करोड अनुदानका भरमा सञ्चालन हुँदै आएको सो प्रतिष्ठानमा हाल दुई प्रशासनिक कर्मचारी, पाँच पूर्णकालीन शिक्षक र केही आंशिक शिक्षक कार्यरत छन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत कुलपति र सामाजिक विकास मन्त्री साह सहकुलपति रहेको सो प्रतिष्ठानसँग अन्य आफ्नो कुनै आर्थिक स्रोत नहँुदा प्रदेश सरकारकै अनुदानबाट शिक्षक, कर्मचारीलगायतको तलब भत्ता, स्वास्थ्य उपकरण तथा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रदेशमा स्वास्थ्य क्षेत्रका गुणस्तरीय जनशक्ति उत्पादन गरी गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उदेश्यका साथ स्थापना भएको प्रतिष्ठानले छोटो समयमै स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन गर्नु महत्वपूर्ण उपलब्धि भएको प्रदेशसभा सदस्य रामअशिष यादवले बताउनुभयो ।“जुन उद्देश्यका साथ प्रदेश सरकारले प्रतिष्ठान स्थापना गरेको छ, त्यहीअनुसार नै काम अघि बढाएको पाउँदा खुशी लागेको छ”, प्रदेशसभा उहाँले भन्नुभयो, “यसबाट थोरै खर्चमा पनि मधेसका जनताले आफ्ना छोराछोरीलाई डाक्टर बनाउन सक्छन्, यो हाम्रा लागि उपलब्धिपूर्ण काम हो । प्रतिष्ठानमा रहेका समस्यालाई तत्काल समाधान गर्नु जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द