2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

पुस्तक प्रदर्शनीमा नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं विमोचित

चैत्र २२, भक्तपुर | आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कृतिलाई बढवा दिन भइरहेको तीनदिने पुस्तक प्रदर्शनीको दोस्रो दिनको पहिलो सेसनमा पुण्यराम कवांको नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं (परिवर्तनका निम्ति) नामक पुस्तक विमोचन गरिएको छ । 

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा ज्याख्वले सामाजिक घटनाक्रम तथा शोषितपिडित वर्गको भावनालाई मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी जनताको चेतनास्तर बढाउने साहित्यकार पुण्यराम कवांलाई शुभकामना दिए । 

त्यस्तै देशका ३७ प्रतिशत युवालाई उत्पादनमूलक कार्यमा लगाउन सरकारले प्रयास गर्नुभन्दा विदेश पलायन गराउने नीति अवलम्बन गरेको उनको आरोप छ ।

कार्यक्रमका अतिथि नेपाल भाषा साहित्य तःमुञ्ज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले विमोचित कविता सङ्ग्रहमा कवि हराउन खोजेको तथा सरलता र गम्भीरता दिई प्रगतिशील जनताको साहित्यतिर ढल्केको बताए ।

पुस्तकका रचयिता साहित्यकार पुण्यराम कवांले कविता सङ्ग्रहमा कोरिया युद्धकालमा अमेरिकी साम्राज्यवादले निम्तिएको संवेदनशीलता प्रस्तुत गरी त्यसमा भएका गीतमा स्वर संगीत दिने तथा प्रकाशन गर्न सहयोग र हौसला दिने साहित्यकारहरू प्रति धन्यवाद दिए । उनले २०५२ देखि २०५८ सम्मको कविताहरू सङ्ग्रह रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई