2026-11-02 02:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी

फागुन २३, गलकोट | अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले  ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा गत वर्षदेखि प्रत्येक कक्षामा स्मार्ट टिभी जडान गरेर शिक्षकले ल्यापटपको माध्यमबाट शिक्षण सिकाइ थालिएकोमा यसवर्ष सिगाना माध्यामिक विद्यालय लामिचौरमासमेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।

कक्ष ६ देखि १० सम्मका पाँच वटा कक्षा कोठामा ५५ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्य सामग्री स्मार्ट टिभीमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामासमेत पढाउनसक्ने व्यवस्था मिलाइएको सिगाना माध्यामिक विद्यालय लामिचौरका प्रधानाध्यापक चन्द्र मल्लले जानकारी दिनुभयो । ल्यापटपबाट विद्याथी  पढाउन शिक्षकले तालिम लिइराखेको मल्लले जानकारी दिनुभयो । 

“केही शिक्षकले मात्रै ल्यापटप चलाउन जान्नुहुन्छ उहाँहरुले अहिले दिनको एउटा कक्षा प्रविधिको प्रयोगबाट लिइराख्नुभएको छ, अन्य शिक्षकले ल्यापटप चलाउन सिक्दै हुनुहुन्छ, एक शिक्षकले अर्को शिक्षकलाइसमेत सिकाउनुभएको छ”, मल्लले भन्नुभयो ।  कम्तिमा दैनिक दुई पिरियड मात्रै भए पनि डिजिटल माध्यमबाट अध्यापन गराउन सकिन्छ भन्ने उद्देश्य राखिएको छ । 

नगरपालिकाको रु आठ लाखबाट विद्यालयको सिकाइ योजना प्रविधिमैत्री बनाइएको हो । अहिले ५५ इन्चको पाँच वटा स्मार्ट टिभी र आठ वटा ल्यापटप खरिद गरेर विद्यालयमा प्रविधिको माध्यमबाट सिकाइ कार्यको शुभारम्भ गरिएको हो । विद्यार्थी भन्दा गुणस्तर बढाउने तर्फ विद्यालयको ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले बताउनुभयो ।

विद्यालयमा हाल एक सय ४६ विद्यार्थी छन् । “ बसाइँसराइले विद्यार्थी क्रमशः घट्दै छन् तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौँ”, अध्यक्ष थापाले भन्नुभयोे । यहाँ अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई थप आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा एक शिक्षक एक ल्यापटप र कक्षाकोठामा स्मार्ट टिभि जडान गरिएको छ । विद्यालयको भौतिक सुरधारमासमेत अहिले व्यवस्थापन समिति लागेको छ ।

डिजिटल माध्यमबाट अध्यापन गराउदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने शिक्षकको भनाइ छ । विद्यालयमा कक्षाकोठा अभाव भए पनि दुईवर्ष अघि मात्रै स्थानीयसँग चन्दा उठाएर एक तला पक्की भवन निर्माण गरिएको थियो । 

यस्तै चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. ५० लाखमा चार कोठे सुविधा सम्पन्न विद्यालय भवन बनाउन सुरु गरिएको छ । चार कोठे विद्यालय भवन निर्माण पश्चात विद्यालयको कक्षाकोठाको समस्या समाधान हुनेछ भने विद्यालयको तारबार र प्रवेशद्वार निर्माण गरिने विद्यालयको लक्ष्य रहेको छ । बागलुङ नगरपालिकाले माध्यमिक विद्यालयमा एक ल्यापटप एक शिक्षक कार्यक्रम र स्मार्ट  टिभी जडान कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द