2026-09-19 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सनराइज आवासिय माविको २८ औं वार्षिकोत्सब र अभिभावक दिवस सम्पन्न

रबिन्द्र यादव । फागुन २७, नवलपरासी पश्चिम । सन राइज आवासिय माध्यमिक विद्यालय प्रतापपुर-९ पंजरकट्टीको २८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अर्जुन कहारको अध्यक्षता एवं नेशनल प्यापसनका केन्द्रीय उपमहासचिव कुसुम रानाभाटको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथी नेशनल प्यापसनका केन्द्रीय सदस्य कृष्ण घिमिरे, नेशनल प्यापसन लुम्बिनी प्रदेशका अध्यक्ष कुबेर बस्नेत, बुटवल बहुमुखी क्याम्पसका प्रमुख बलवन्त कुर्मी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सब उदघाटनका अवसरमा बोल्दै प्रमुख अतिथि कुसुम रानाभाटले मुलुकको शिक्षा क्षेत्रलाई माथि उठाउन निजि विधालयले ठुलो योगदान गरेको भन्दै सकारात्मक दृष्टिकोणले हेरिनुपर्ने वताएका थिए । साथै उनले शिक्षक,बिद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक संबन्धलाई मजबुत बनाउदै शैक्षिक पठनपाठन सहित बिद्यार्थीहरुको चौतर्फी विकासमा खेलकुद, सांस्कृतिक र उनिहरुको प्रतिभा उजागर गरिने लगायतका गतिविधि अगाडि बढाउनेमा जोड दिए । 

बिद्यालयको प्रअ हरेन्द्र कोइरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै विद्यालय स्थापनाकालदेखि विभिन्न परिस्थितिमा बाधा अवरोधको सामना गर्दै अगाडि बढिरहेको बताए । कोइरीले सन राइज आवासिय माध्यमिक विद्यालयमा अध्यन गरि विद्यार्थीहरु अहिले एमबिबिएस डाक्टर इन्जिनियर, लोकसेवा पास गरि शिक्षक समेत बनेकोमा खुशी व्यक्त गरेका थिए । 

कार्यक्रममा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण ,विभिन्न व्यक्तत्वहरूलाई सम्मान गरिएको थियो भने साँस्कृतिक कार्यक्रम प्रस्तुती अन्तर्गत दाइजो विरुद्धको जनचेतनामूलक नाटक समेत देखाइएको थियो भने कार्यक्रम संचालन शिक्षक तुलसी कोइरीले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई