2026-10-15 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नीलकमल ह्युमनद्वारा रक्तदान, बृक्षारोपण, बृद्धाश्रम सहित बिदेसमा खुट्टा गुमाएका युवालाई दुई लाख सहायोग

काठमाडौं । काठमाडौँको सिनामंगलस्थित नीलकमल ह्युमन रिसोर्स प्रा.लि.ले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान, बृक्षारोपण सहित बिदेसमा खुट्टा गुमाएका युवालाई आर्थिक सहायोग गरेको छ । वार्षिक उत्सवकै अवसरमा कम्पनीले विभिन्न सामाजिक कार्यहरू गर्दै समाजमा आफ्नो योगदान प्रस्तुत गरेको छ । शुक्रबार बिहान आयोजित केक काट्ने कार्यक्रमपछि, संस्थाले सन्यास आश्रममा रक्तदान र वृक्षारोपण कार्यक्रम पनि आयोजना गर्यो ।

रक्तदान कार्यक्रम मार्फत १०२ पाउण्ड रगत संकलन भएको छ । संस्थाको आयोजनामा उपस्थित भएकाहरु १०२ जनाले उक्त कार्यक्रममा रक्तदान गरे ।

त्यसै गरी, वैदेशिक रोजगारका क्रममा कुवेतमा दुर्घटनामा परेका रन्जन उप्रेतीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । उप्रेती, जो अहिले खुट्टा गुमाएर जीवनयापन गर्दै छन्, कम्पनी र कर्मचारीहरूको सहयोगमा कुल १ लाख ९८ हजार २१ रुपैयाँको सहयोग प्राप्त गरे । यसमा कम्पनीले १ लाख ५१ हजार रुपैयाँ र कर्मचारीहरूले व्यक्तिगत रूपमा ४७ हजार २१ रुपैयाँ जुटाएका थिए । उप्रेतीलाई कृत्रिम खुट्टा हाल्न पनि सहयोग गर्ने नीलकमल ह्युमन रिसोर्सका संचालक मेघनाथ भुर्तेलले बताए ।

त्यस्तै उक्त संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा संस्थाको तर्फबाट नि:सहाय सेवा सदन ‘बृद्धाश्रम’ लाई माग अनुसार फर्निचर समेत प्रदान गरेको छ ।

कम्पनी संचालक जयराम भुर्तेलका अनुसार कम्पनीले आफ्नो म्यानपावरबाट वैदेशिक रोजगारमा गएर ज्यान गुमाएका कामदारको बालबच्चालाई १२ कक्षासम्म पढ्नको लागि संस्थाको तर्फबाट नि-शुल्क छात्रवृत्ति प्रदान गरिने बताए । उनले नीलकमलको आगामी यात्रा रोजगारमा जाने कामदारको सेवा सुविधा वृद्धि र हकहितमा केन्द्रित रहने बताए ।

वार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष मेघनाथ भुर्तेलले सरकारसँग वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्याहरू समाधान गर्न र श्रम स्वीकृतिका प्रक्रिया सरल बनाउन पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् । यसका साथै, घरेलु कामदारहरूको श्रम स्वीकृतिमा रहेका अवरोधहरूको अन्त्य र वैदेशिक रोजगार ऐनमा सुधार गर्न पनि सरकारलाई आग्रह गरे । भुर्तेलले कर्मचारीहरूको समर्पण र उच्च सेवा स्तरका कारण हामीले नेपाली कामदारलाई खाडी मुलुकहरूमा आकर्षक अवसरहरू प्रदान गर्न सफल भएको बताए । वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सभाका सांसद श्रीराम लामिछानेको उपस्थिती रहेको थियो । सांसद लामिछानेले भविष्यमा नेपाली युवालाई वैदेशिक रोजगारको सहज र सुरक्षित अवसर प्रदान गर्नको लागि नीलकमलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

नीलकमल ह्युमन रिसोर्स प्रा.लि. पछिल्लो दुई बर्ष यता लगातार नेपालबाट वैदेशिक रोजगारमा धेरै कामदार पठाउने म्यानपावरको पहिलो नम्वरमा पर्दै आएको म्यानपावर हो । गत आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले ८,६७३ जना कामदारलाई विदेश पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने