2026-10-15 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

एक वर्षमा ८ लाखभन्दा बढी नेपाली विदेशिए

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँ नेपाली विदेशिँदै गर्दा देशभित्र रोजगारी र भविष्यको सम्भावना देख्न नसकेका युवाहरूको बाध्यात्मक पलायन अझ बढ्दो छ ।

देशमै रोजीरोटी चलाउने आधार कमजोर बन्दै जाँदा विदेशिने नेपालीको संख्या प्रत्येक वर्ष बढिरहेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २ सय ६६ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । तीमध्ये दक्ष, अर्धदक्ष र अदक्ष सबै तहका श्रमिक समावेश छन् ।

विशेषतः सीप नभएका नेपालीहरूको संख्या उच्च छ । एक वर्षमै २ लाख ७ हजारभन्दा बढी नेपाली श्रमिक सीप नसिकीकनै विदेशिएका छन् । तीमध्ये २ लाख २ हजार पुरुष र २४ हजारभन्दा बढी महिला छन् ।

सरकारले वर्षौंदेखि वैदेशिक रोजगारमा जानेहरूलाई सीपमूलक तालिम दिएर पठाउने नीति लिए पनि व्यवहारमा भने अदक्ष जनशक्ति नै धेरै विदेशिएको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, सीप सिकेर विदेशिनेको संख्या पनि कम छैन । एक वर्षको अवधिमा ५ लाख ६ हजारभन्दा बढी नेपाली तालिम लिएर विदेशिएका छन् । तीमध्ये ४ लाख ४७ हजारभन्दा बढी पुरुष र ५९ हजार ७ सय ५४ महिला छन् ।

यस्तै, अर्धदक्ष श्रमिकको संख्या ९९ हजार ७ सय २३ पुगेको छ भने व्यावसायिक तहका ४ हजार ३ सय ७२ जना विदेशिएका छन् । दक्ष जनशक्तिको संख्या भने ९ सय ३७ मात्रै रहेको छ, जसमा पुरुषको संख्या ६ सय ९२ र महिलाको संख्या २४५ रहेको छ ।

गत वर्ष वैधानिक माध्यमबाट नेपाली श्रमिक १५१ वटा मुलुकमा गएका छन् । यूएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा धेरै श्रमिक गएका छन् भने १२ देशमा एक–एक जना मात्रै गएका छन् ।

वैदेशिक रोजगार विभागसँग विदेशिनेहरूको विवरण भए पनि कति नेपाली फर्किए, कति उतै स्थायी रूपमा बसे भन्ने यकिन तथ्यांक भने छैन । तथापि, खाडी मुलुकहरू मात्र होइन, पछिल्लो समय युरोपेली मुलुकहरूमा समेत नेपाली कामदारको आकर्षण बढेको विभागको तथ्यांकले देखाएको छ ।

दशकौँदेखि ‘श्रम निर्यात’ लाई आर्थिक समाधानको विकल्पजस्तै बनाइएको नेपालले अहिले आएर ठूलो जनशक्ति गुमाइरहेको छ । सीपविहीन श्रमिकको बढ्दो संख्या र देशभित्र अवसरको न्यूनताले अबको भविष्य अझै गम्भीर प्रश्नचिह्नमा पुर्‍याएको देखिन्छ । सरकारले देखाएको तालिम र सीप विकासको सपना अहिलेसम्म कागजी मात्रै भएको पुष्टि तथ्यांकले नै गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने