2026-10-17 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो :

मङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार विभागले भिजिट भिसामा रोजगारीको लागि विदेश गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै अवैधानिक रुपमा भिजिट भिसाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई  तीस दिन भित्र यथेष्ट प्रमाण सहित विभागमा निवेदन दिन आग्रह गरेको हो ।

भिजिट भिसामा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना [email protected] मा इमेल गरि उजुरी दिनको लागि विभागले अनुरोध गरेको छ ।

“पछिल्लो समय विभिन्न इजाजतपत्रवाला (म्यानपावर)संस्थाले खाडी लगायत अन्य मुलुकमा वैदेशिक रोजगारको लागि पठाइदिने भनि विभिन्न व्यक्तिहरु सँग राहदानी र चर्को रकम असुल गरी भिजिट भिसामा अवैध तरिकाले पठाउने गरेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागवाट खटिइगएको आकस्मिक अनुगमन टोलीले विभिन्न म्यानपावरमा र ट्राभल एण्ड टुर्समा आकस्मिक अनुगमन गर्दा वैदेशिक रोजगारको लागि भिजिट भिसा मार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारी आवश्यक कागजात नियन्त्रणमा लिई हाल सो कार्यमा संलग्न संस्था उपर छानविन भइरहेको क्रममा वैदेशिक रोजगारीको लागि भिजिट भिसामा गई अलपत्र परेका र जाने भनी रकम र राहदानी बुझाएका व्यक्तिहरुवाट आफूहरु ठगीमा परेको भनि विभाग समक्ष उजुरी प्राप्त भइरहेको छ” विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

भिजिट भिसाको धन्दा ! एजेन्टले तीन साता झुलाए, दुई पटक पिसीआर गराए, साढे तीन लाख अशुले

भिजिट भिषाको धन्दा: एकै दिन ४ म्यानपावर र ट्राभलमा छापा (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु