2026-10-10 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल ?

चैत १९, काठमाडौँ | –भेषराज कार्की | चैतको पहिलो साता काठमाडाँैंमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको विभिन्न छलफलमा चलचित्रकर्मीले चलचित्र प्रदर्शनीबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवद्र्धन भइरहेको निष्कर्ष निकालेका थिए । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ ।

 अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई  समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेशभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पु¥याउनाका साथै इतिहासका लागि  दस्ताबेजको कामसमेत गर्छ  तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ पाउँदैन । 

यसैवर्ष प्रदर्शन भएको चलचित्र ‘नालापानी’ समीक्षात्मक र व्यावसायिक दुवै रूपको भएन । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण गर्न झन्डै नौ वर्ष लागेको निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी दिनुभयो । 

“हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवद्र्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउभन्दा कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुदैनन्”, निर्देशक अधिकारीले भन्नुभयो,“चलचित्रको विकासका लागि  विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन ।”

उहाँ झैँ निर्माता तथा निर्देशक मिलन चाम्स पनि  नेपाली कथा वस्तुलाई विश्वभर पु¥याउने उद्देश्यले ‘गोर्खा वारियर’ तयार गर्दै हुनहुन्छ । आफैँ पूर्वगोर्खा सैनिक भएकाले उहाँ दश वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयासमा हुनुहुन्थ्यो । “चलचित्रको छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिसकेँ । यसको प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु”, निर्देशक चाम्सले भन्नुभयो ।” उहाँले गोर्खालीको वीरताको कथा देखाउने विषय भने मलाया युद्धलाई रोज्नुभयो । किनकि गोर्खाली जङ्गल युद्धमा विश्वमै उच्च मानिन्छन् । त्यही कारण निर्देशक चाम्सले चार वर्ष अगाडि कथा तयार गर्नुभएको थियो ।

 भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी  कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भयो । चाहिएको प्रविधि थिएन । चलचित्र भनेपछि सङ्ग्राहालयमा भएका पुराना सामान पाउनसमेत नसकेको उहाँले सुनाउनुभयो । “आजभन्दा ८० वर्ष अगाडिको समय देखाउनुपर्ने भएकोले बेलायत र भारतबाट केही सामग्री पाए  पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एकवर्ष लाग्यो“, निर्देशक चाम्सले भन्नुभयो, “उहाँले पहिलो र दोस्रो विश्वयुद्ध लडेको र वीरतामा अगाडि आउने गोर्खालीको कथा विश्वभर पु¥याउने उद्देश्यले चलचित्र निर्माणसँगै निर्देशन गरेको बताउनुभयो ।” मलाया युद्धलाई चलचित्रको विषयवस्तु  बनाउनाको कारण नै जङ्गलयुद्ध थियो । किनकी त्यसलाई देखाउन धेरै खर्च पर्दैन । यसको छायाङ्कन अठार दिन मलेसिया र पचास दिन सिन्धुलीमा गरिएको थियो । 

“आफैँ गोर्खाली सैनिक थिएँ । नेपालीको वीरताको कथा देखाउँन कुनै सम्झौता गर्न सकिन । किनकी हामीलाई विदेशमा गोर्खाली भनी  गर्ने इज्जत निकै माथि छ”, निर्देशक चाम्सले भन्नुभयो ।

 देशले गर्व गर्नसक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता उहाँले समेत महसुस गर्नुभयो । निर्देशक अधिकारीले नेपालमा चलचित्रकर्मीको लगानीले त्यस्ता कथालाई पर्दासम्म ल्याउन जटिल भएको आफ्नो अनुभव सुनाउनुभयो ।  “व्यासायिक चलचित्रमा लगानी गर्ने त पाइन्छ तर हामीलाई गाह्रो छ । व्यावसायिक सफलताले अन्यलाई लगानी कदापी प्रोत्साहित गर्दैन । त्यसैले यस विषयमा सम्बन्धित सङ्घ संस्थासँगै राज्यले समेत सोच्नुपर्छ”, उहाँले भन्नुभयो । 

निर्देशक चाम्सलेसमेत चलचित्र ‘गोर्खा वारियर’ मा सामान्य चलचित्रभन्दा बढी लगानी भइसकेको बताउनुभयो । “म आफैँ निर्माता समेत हुँ । विदेशमा यस्ता विषय पाउन मुस्किल छ तर हामीकहाँ व्यावसायिक जोखिमीले गर्दा लगानीकर्ता नै हुदैनन् । हामी आफ्नै ईच्छाशक्तिले निर्माण गरिरहेका छौँ”, निर्देशक चाम्सले भन्नुभयो । उहाँले  उक्त चलचित्र विदेशमा प्रदर्शनसँगै नेपालमा समेत आउँदो वर्ष प्रदर्शन हुने जानकारी दिनुभयो । 

निर्देशक तथा समीक्षक प्रकाश सायमीले ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर तयार गरिएका चलचित्रप्रति दर्शकको विश्वास बढाउनस्क्नुपर्नेमा जोड दिनुभयोे ।“त्यस्ता चलचित्र बन्नुपर्छ । हामीले प्रोत्साहन पनि गर्नुपर्छ  तर दर्शक विश्वस्त भएको पाइदैन”, उहाँले भन्नुभयो । तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गर्नुभएको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ का वितरक करण श्रेष्ठले व्यावसायिक रूपमानै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिनुभयो  । 

“ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार  भने देखिएन । त्यसको असर व्यापारमा परेको हुनसक्छ । दर्शकलाई परिचित अनुहारमा बढी विश्वास नभएको पनि हुनसक्छ”, वितरक श्रेष्ठले भन्नुभयो,“कलात्मकरूपमा अब्बल रहदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिक रूपमा तयार गर्नु नै चुनौती रहेको छ ।” पछिल्लो समय नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्नेक्रम विस्तारै बढे पनि  सफलता भने न्यून सङ्ख्याले मात्र पाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध