2026-10-10 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

गीतकार श्रेष्ठ र वरिष्ठ प्रसारक लामा सम्मानित

चैत २०, काठमाडौँ | रेडियो नेपालले यस वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट वरिष्ठ गीतकार, गायक तथा सङ्गीतकार माधव श्रेष्ठ ‘मोहित’ र वरिष्ठ प्रसारक धन लामालाई सम्मान गरेको छ ।

रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रू ५१ हजार  राशिसहित सो सम्मान प्रदान गर्नुभयो । 

कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित ‘आधुनिक गीत प्रतियोगिता’ मा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः ममता गुरुङ (कास्की) मुना ठटाल (पाँचथर) र सरोज परियार (भक्तपुर) लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

सोही अवसरमा सञ्चार मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष कृष्णबहादुर राउतले रेडियो नेपालले  अल्पसङ्ख्यक, पिछडिएका, आदिवासी, जनजातिसहित सबै नेपालीको  रुचि र मागअनुरुपका प्रसारण सामग्रीका माध्यमबाट समाज परिर्वतनमा समेत सकारात्मक भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । 

‘राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार’ रेडियो नेपालले संसारमा आएको नवीनतम प्रविधिको उपयोग गर्दै आफ्नो प्रसारण सेवा करिब ९२ प्रतिशत जनसङ्ख्यामा पु¥याएको छ । विसं २००७ चैत २० गते स्थापना भएको रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम एवं समयसापेक्ष गीत/सङ्गीतलगायत कार्यक्रम प्रस्तुत गर्दै आएको छ । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षदेखि नै  रेडियो नेपालले आफ्नो प्रसारण भुसतही र डिजिटल दुवै प्रविधिमा सञ्चालन गरिरहेका कारण रेडियो नेपाल, नेपालभित्र र विदेशका जुनसुकै ठाउँमा पनि सुन्न सकिने बताउनुभयो ।  

हाल रेडियो नेपालले मिडियम वेभ, एफएम र डिजिटल प्रविधिमार्फत सेवा सञ्चालन गरिरहेको छ । डिजिटल प्रविधिमा रेडियो नेपाल एप, ओटिटी, न्युज पोर्टल र सोसल मिडियामार्फत आफ्नो प्रसारणलाई विश्वभरि फैलाएको छ । यसै वर्षदेखि डिआरएम प्रविधिमा पनि रेडियो नेपालले आफ्नो प्रसारण सञ्चालन गर्ने तयारी गरिसकेको छ । 

निर्देशक केसीले भन्नुभयो, “स्रोताको रोजाइ र सुलभ प्रविधिका कारण नेपालमा एफएम रेडियोको लोकप्रियता बढ्दो छ, यसै तथ्यलाई मनन गरी रेडियो नेपालले एफएम व्याण्डमा देशैभरि आफ्नो प्रसारण पहुँच वृद्धि गर्दै लैजाने लक्ष्य लिएको छ, एफएम÷एएमको डिजिटल प्रविधिमा रुपान्तरणका लागि आवश्यक अध्ययन प्रतिवेदन तयार गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ ।” 

पन्ध्रौँ पञ्चवर्षीय योजनासम्ममा रेडियो प्रसारणको पहुँच शतप्रतिशत भू्भागमा पु¥याउने नेपाल सरकारको नीतिअनुरुप यसवर्ष गण्डकी प्रदेश पर्वत जिल्लाको दुर्लङकोट, कोशी प्रदेश पाँचथर जिल्लाको सिलौटीडाँडा र लुम्बिनी प्रदेश दाङ जिल्लाको चौपट्टामा एफएम रिले स्टेसनमार्फत प्रसारण आरम्भ गरिएको छ । 

प्रसारण पहुँच वृद्धिको योजनालाई निरन्तरता दिएको छ भने नयाँ स्थापना भएका एफएम रिले स्टेसनसहित रेडियो नेपालका एफएम रिले स्टेसनको सङ्ख्या ३० पुगेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध