2026-09-19 02:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रसाद-२ निर्माता सुवास थापाविरुद्ध साढे ६२ लाख रुपैयाँको चेक बाउन्समा मुद्दा दायर

चैत २०, काठमाडौँ | चर्चित निर्माता सुवास थापाविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता भएको छ । काठमाडौं प्रहरी परिसरमा केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स मुद्दा दर्ता गरेका हुन् । काठमाडौं प्रहरी परिसरका निमित्त प्रवक्ता निरन्जन भट्टले अनुसन्धान भइरहेको बताए । ‘जाहेरी आएको छ । अनुसन्धान हुँदैछ’, डीएसपी भट्टले भने ।

यता निर्देशक थापाले सामाजिक सन्जालमार्फत आफूले समयमा रकम तिर्न नसकेको स्वीकार गर्दै प्रसाद–२ रिलिज भएपछि हरहिसाब मिलाउने भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।सामाजिक संजालमा स्टाटस लेख्दै आफ्नो नियत गलत नभएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो नियत खराब हैन नियतिको कारण मैले वचन पूरा गर्न नसकेको हो । चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरी मात्र‌ म आफ्नो भागको रकम लिनेछु।’

सुरुवाती दिनबाट नै विवादमा जेलिँदै आएको यो चलचित्र माघ मै रिलिज हुने कुरा थियो । माघमा रिलिज गर्ने तयारीका कारण थापाले तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने वचनवद्धता प्रकट गरेका थिए । तर, चलचित्र समयमा रिलिज हुन नसक्दा उनी आफ्नो वचनबाट चुके ।

उनले चलचित्र रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोग गरिदिन सबैमा अनुरोध गर्दैै लेखेका छन, ‘मेरो नियत खराब होइन ।

नियतिको कारण मैले वचन पुरा गर्न नसकेको हुँ । चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु ।’

चलचित्र रिलिजपछि हलबाट आउने सबै रकम चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिने कुरा उनले आफ्नो स्टाट्समा उल्लेख गरेका छन् ।

‘यो चलचित्रमा धेरैको मेहेनत छ । तसर्थ, सबै मिलेर चलचित्र रिलिज हुने बाताबरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघ संस्था, व्यक्तिमा आग्रह गर्दछु’,उनी थप्छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् ।

यसअघि पाण्डेले थापाविरुद्ध चलचित्र विकास बोर्डमा पनि उजुरी दिएका थिए । उनले चलचित्रको सेन्सर रोक्न माग गरेका छन् । प्रसाद २ आगामी शुक्रबारबाट रिलिज हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो