2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्ने आदेशविरुद्धको रिट उच्च अदालतबाट खारेज

चैत २३, काठमाडौँ | फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्ने अल्पकालीन आदेशविरुद्धको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ । उक्त आदेश खारेज गर्न माग गर्दै निर्माण साझेदार कम्पनी एसजी फिल्मले दायर गरेको रिटमा बिहीबार बहस भएको थियो ।

न्यायाधीशद्वय राजेन्द्र खरेल र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलमा बोलाउने यसअघिकै आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो । निवेदकको तर्फबाट बिहीबार भीमार्जुन आचार्य र ताराकुमार श्रेष्ठले बहस गरेका थिए ।

अदालतको आदेशलाई चुनौती दिंदै दायर रिट खारेज भएपछि शुक्रबार हुने भनिएको फिल्म प्रदर्शन रोकिने निश्चित भएको छ । अन्तरिम आदेशलाई खारेज गरिपाऊँ भन्दै एसजी फिल्मको तर्फबाट राजु श्रेष्ठ र सुदर्शन बस्नेतले निवेदन दिएका थिए । उनीहरुले निर्मातामध्येका एक केशव पाण्डेलाई विपक्षी बनाएका थिए ।

एसजी फिल्मका तर्फबाट बहस गरेका कानुन व्यवसायी श्रेष्ठले मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने (प्रदर्शन फुकुवा हुने) टुंगो आइतबार नै लाग्ने बताए । निर्माता पाण्डेले सेन्सर नगर्न आग्रह गर्दै दिएको निवेदन चलचित्र विकास बोर्डले दर्ता नगरेपछि उनी अदालत पुगेका थिए । पाण्डेले बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सेन्सर बोर्डसहित ९ जनालाई विपक्षी बनाउँदै मुद्दा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय