2026-10-10 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सम्बन्ध विच्छेदको पाँच महिनापछि सँगै काममा फर्किए शंकर र जेरी

चैत २७, काठमाडौँ | सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् ।

कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको सहकार्य छ । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा यी दुईको सम्बन्ध विच्छेद भएको थियो ।

‘डिभोर्सपछि मुख नहेर्ने, देखी नसहने र नराम्रो बोल्ने परिपाटीको अपवादको रुपमा हामी आएका छौं,’ छायांकन सेटमा भेटिएका शंकरले भने, ‘लामो समयपछि काम ग¥यौं । कामको हिसाबले रमाइलो भयो । गल्तीबाट सबैले सिक्नुपर्छ ।’

व्यक्तिगत जीवन जे जस्तो भएपनि सांगीतिक सहकार्य हुने शंकरले बताए । ‘उहाँले अफर गर्नुभयो हामी काममा आयौं,’ उनले भने । पुनः मिल्न सक्ने सम्भावनाबारेका प्रश्न शंकरलार्ई सोधिएको थियो । उनले डिप्लोम्याटिक जवाफ दिंदै सांगीतिक सहकार्य चाहिं हुन सक्ने बताए । बच्चाको कारण बेलाबेलामा भेट भइरहने चाहिं उनले खुलाए । डिभोर्सपछि शंकर र जेरी निकै चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय