२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’

२०७९, २७ चैत्र सोमबार १२:१७

चैत २७, काठमाडौँ | चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ उठान गरिएको विषयका कारण चर्चामा छ । नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गर्नुभएको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम/बाल शोषण) सँग सम्बन्धित छ । 

सांस्कृतिक कुरीतिको नाममा विश्वभरि फैलिँदै गएको बाल शोषण एफजीएमको कठोर यथार्थतर्फ समाज तथा व्यक्तिको आँखा खोल्ने विश्वास निर्देशक भुसालको छ । “यो कुसंस्कारका विषयमा चलचित्र बनेको थाहा पाइनँ । बलिउड र हलिउड जस्ता ठूला उद्योगले यसलाई नसमेटेका कारण विषयबारे ज्ञान नभएको हो कि जस्तो लाग्यो”, निर्देशक भुसालले भन्नुभयो, “यसबारे गहिरो अनुसन्धानपछि चलचित्र निर्माण र निर्देशन गरेको हुँ । अध्ययन गर्ने क्रममा यसबारे धेरै घटनाक्रमसँग साक्षात्कार हुन पाएँ । नेपालमा समेत यसखालको कुरीति रहेको हुन सक्छ । हामीले अध्ययन गर्नु जरुरी छ ।”

उहाँले विशेषतः एफजीएम हुने समुदायमै यसबारे कमै ज्ञान रहेको पाउनुभयो । चलचित्रमा अध्ययन गर्ने समुदायसँग जोडिएका अधिकांशले यसको विरोध गरेको उहाँले बताउनुभयो । “मैले चलचित्रमार्फत यसको विरुद्ध आवाज उठाउने जानकारी दिएपछि सोही समुदायसँग जोडिएका कलाकारले समेत साथ दिनुभएको छ । म यहाँ समुदायभन्दा पनि कुरीतिको विरुद्धमा छु”, निर्देशक भुसालले भन्नुभयो । 

निर्देशकसँगै लेखक र निर्मातासमेत आफैँ रहनुभएको भुसालले सोमबार चलचित्रसँग जोडिएको नेपाली कलाकार तथा प्राविधिकका लागि प्रदर्शनी गर्नुभयो । अङ्ग्रेजी भाषामा रहेको चलचित्रलाई नेपालका चलचित्रकर्मीलाई देखाउने उहाँको योजना छ । “सार्वजनिक प्रदर्शनीका लागि सोच बनाएको छैन । किनकि म आत्मनिर्भर चलचित्रकर्मी हुँ । तामझाम गरेर सार्वजनिक प्रदर्शनमा ल्याउन सक्दिनँ”, निर्देशक भुसालले भन्नुभयो, “यो चलचित्र अहिले धेरै डिजिटल प्लेटफर्ममा उपलब्ध छ । त्यहाँबाट भने सजिलै हेर्न सकिन्छ ।”

बेलायत, भारत र नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको ‘क्रस्ड विङ्स’ को कथा एसियाको कुनै गाउँमा हुर्किरहेकी सानी बालिका रियाको दुर्भाग्यपूर्ण जीवन यात्रा वरपर घुम्छ । उनी सात वर्षकी हुँदा कुरीतिको सिकार हुन्छिन् । रिया जस्ता अनेकौँ देशका पीडित बालिकाको तीतो भोगाइमा आधारित चलचित्रको कथाले बाल शोषणको वास्तविकता र यसले पार्ने शारीरिकका साथै मानसिक असर उजागर गरेको छ । 

यसमा रोशिनी भण्डारी, तानिया स्टेट, भाष्कर पटेल, जितेन्दर सुमन, निसारो करिम, नोमाना रोज, गोमा पाण्डे, परिक्षित विक्रम राणा, प्रदीप ढकाल, कमल देवकोटा, लिजा ब्लिस्सिट, हिबो वार्डेर, मन्सुर वाजिद अभिनय रहेको छ । 

यो चलचित्र ५० बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आधिकारिक छनोट भई विभिन्न विधामा पुरस्कृत भएको छ । सानै छँदा बालिकाको संवेदनशील अङ्ग काटिदिने कुप्रथासँग सम्बन्धित यो विश्वकै पहिलो चलचित्र भएको निर्देशक भुसालले दावी गर्नुभएको छ । यस चलचित्रले पेरिसमा आयोजित इन्टरनेसनल चिल्ड्रेन केयर फिल्म फेस्टिभल २०२२ मा अडियन्स अवार्ड, एडोल्फ जुकोर इन्टरनेसनल फिल्म फेस्टिभल हङ्गेरी २०२२ मा अडियन्स अवार्ड, द ग्लेडिएटर फिल्म फेस्टिभल इस्तानबुल टर्की २०२१ मा वेस्ट ड्रामा चलचित्र अवार्ड, सान डिएगो मुभी अवार्ड्स अमेरिका २०२२ मा बेस्ट फिचर चलचित्र, ब्रिज फेस्ट भ्यानकोभर क्यानडा २०२१ मा बेस्ट चलचित्र अवार्ड, गोल्डेन हार्भेस्ट फिल्म फेस्टिभल जापान २०२१ मा बेस्ट फिचर चलचित्र अवार्ड, ग्लोबल इन्डी फिल्म फेस्टिभल स्कटल्यान्ड यूके २०२२ मा ब्रोन्ज अवार्ड, ड्रामाटिका फिल्म फेस्टिभल बार्सिलोना स्पेन २०२१ मा बेस्ट ड्रामा चलचित्र अवार्डलगायत विभिन्न विधामा पुरस्कार पाइसकेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ