2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नयाँ वर्षको अवसरमा एकसाथ तीन चलचित्र प्रदर्शनमा

बैशाख १, काठमाडौँ | नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि  ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरेको छ । 

नयाँ वर्षमा नेपाली चलचित्रको व्यापार हुने समय बुझिन्छ । यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन् । तर एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने चर्चा पनि चलेको छ । 

अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शनमा आएका छन् । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गर्नुभएको छ ।

अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गर्नुभएको छ । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । “निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यही रूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि”, अभिनेता राईले भन्नुभयो ।

जारी प्रथालाई कथा बनाइएको चलचित्र हो, ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गर्नुभएको हो । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय