२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

वर्ष २०७९ : अपेक्षा गरेका चलचित्र कति सफल ?

२०८०, ४ बैशाख सोमबार १०:११

बैशाख ४, काठमाडौँ | लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे । यद्यपि केही चलचित्रको हकमा भने टिकट बिक्री शून्य जस्तै भयो । 

गत वर्ष कुनै सिनेमाका लागि पाँच वटा मात्रै टिकट बिक्री भए भने राम्रो कमाएको भनिएको चलचित्रको हकमा साढे सात लाखभन्दा बढी टिकट बिक्री भए । वर्षको सुरुआत भने सुखद् रह्यो । वर्षको पहिलो दिन प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले सिनेमा घरसम्म दर्शक तानेपछि अन्य चलचित्रकर्मीमा उत्साह भरियो र निर्माण सम्पन्न भइ तयारी अवस्थामा रहेका चलचित्र धमाधम प्रदर्शनमा आउन थाले । 

वर्ष २०७९ मा प्रदर्शनमा आएका केही चलचित्रले सीमक्षक र दर्शक दुबैबाट राम्रो प्रतिक्रिया पाए । केहीले एकबाट मात्रै राम्रो प्रतिक्रिया पाए भने केही चलचित्र कतै पनि चलेनन् । ती चलचित्र बन्न त बने तर दर्शकले नै थाहा पाएनन् । केही चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यापारमा असफल भए भने व्यापार राम्रो गरेका केही चलचित्रले प्रतिक्रिया राम्रो पाएनन् ।

यसैमध्येको एक चलचित्र हो, ‘षडकोण’ । गत वैशाखमा रिलिज भएको यो चलचित्रबाट राम्रो व्यापार गर्न अपेक्षा गरिए पनि त्यसो हुन सकेन । कर्मा, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको यस चलचित्रले जम्मा पाँच सय ४८ टिकट बिक्री गर्न सक्यो । 

वैशाखमै प्रदर्शन भएको चलचित्र ‘लक्का जवान’ पनि असफल भयो । हास्य कलाकार एकबद्ध भई बनाएको यो चलचित्रको नौ हजार ८ सय ७५ टिकट बिक्री जम्मा रु २६ लाख १५ हजार एक सय ७६ ग्रस आम्दानी ग¥यो । किरण केसी निर्माता रहनुभएको चलचित्रमार्फत शिवहरि पौडेल निर्देशक बन्नुभयो । हास्य कलाकारको समूह बन्ने र सफल हुने सिलसिलामा यसले भने सफलता पाएन । 

प्रदर्शन अगाडि चर्चामा रहेको चलचित्र हो, ‘चिसो मान्छे’ । तर चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको अभिनय छ । विदेशबाट आएको श्रीमान्को शव बुझेर काठमाडौँबाट बाजुरासम्म यात्रा गर्ने कथा देखाइएको चलचित्रलाई दीपेन्द्र कुमार खनालले निर्देशन गर्नुभएको छ । कलाकार र निर्माण समूहको कारण चर्चामा रहेको चलचित्रले समीक्षकमार्फत मिश्रित प्रतिक्रिया पाएको  थियो । तर अपेक्षितरुपमा दर्शक तान्न भने सकेन । चलचित्र हेर्नका लागि ३२ हजार ८७ टिकट बिक्री भएबापत रु ९६ लाख १७ हजार तीन सय १० मात्रै आम्दानी भयो । 

अभिनेता खगेन्द्र लामिछाने निर्देशक रहेको चलचित्र ‘पानीफोटो’उठान गरिएको विषयवस्तुका कारण प्रदर्शन अघि चर्चामा थियो । टलकजङ्ग भर्सेस टुल्के, पशुपतिप्रसाद जस्ता चलचित्रका अभिनेता लामिछानेले निर्देशक बनेर माओवादी द्वन्द्वको समयमा बेपत्ता भएको छोराको पर्खाइँमा बसेको बा–आमाको कथालाई पर्दामा ल्याउनु भएको छ । गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण गरिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना जस्ता रङ्गमञ्चमा माझिएका कलाकार हुनुहुन्छ । यद्यपि यसको व्यापार न्यून भयो । चलचित्रको आठ हजार तीन सय ३१ टिकट बिक्री भएबापत रु २४ लाख ८२ हजार  छ सय १२ को व्यापार भयो ।

अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ले पनि व्यावसायिक रुपमा सफलता पाएन । चलचित्रले ५७ हजार ३९ टिकट बिक्री भएबापत रु एक करोड ५७ लाख आठ हजार ६ सय ८८ को व्यापार ग¥यो । 

दिनेश राउतले निर्देशन गर्नुभएको चलचित्र ‘ऐना झ्यालको पुतली’लाई समीक्षकले राम्रो समीक्षा दिए । नेपालबाट अस्कर अवार्डका लागि यसलाई पठाइयो । सुजित विडारीको निर्देशन रहेको चलचित्र विश्वका कयौँ चलचित्र महोत्सवमा सहभागी र पुरस्कृतसमेत भयो । यद्यपि यसको व्यापार घरेलु बजारमा राम्रो भएन । चलचित्रको २० हजार छ सय २९ वटा टिकट बिक्रीबाट रु ६३ लाख १६ हजार एक सय ५ को ग्रस कलेन्सन ग¥यो । 

हास्य विधाका चलचित्र दर्शकको प्राथमिकता परिरहँदा ‘छक्का पञ्जा’ समूहबाट अलग भएर अभिनेता जीतु नेपालले अभिनय गर्नुभएको चलचित्र ‘ह्यारी कि प्यारी’ ले पनि राम्रो आम्दानी गर्न सकेन । साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल लगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्रको २७ हजार ८१ टिकट मात्र बिक्री भएवापत रु ७४  लाख १६ हजार दुई सय ६९ मात्रै आम्दानी भयो ।

नेपालमा सर्वाधिक महँगो अभिनेता भनेर चिनिने अनमोल केसी गएको वर्ष असफल हुनुभयो । उहाँ अभिनित ‘ए मेरो हजुर ४’ बक्सअफिसमा केही बलियो देखिए तापनि समीक्षकले मन पराएनन् । अभिनेता केसीको अभिनयको चर्चा भएन । साथै केसी अभिनित चलचित्र ‘२.० छड्के’ भने दुवै पक्षमा असफल भयो । यसको बक्सअफिस व्यापार न्यून रह्यो । केसीका लागि यो विर्सनलायक चलचित्र बन्यो । चलचित्रको नौ हजार ५ सय ९९ टिकट बिक्री भएबापत रु सत्ताइस लाख ६६ हजार छ सय ३३ व्यापार गरेको छ । 

समग्रमा यसवर्ष शृङ्ख लाका रुपमा आएका चलचित्रले भने राम्रो व्यापार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ