2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘सकम्बरी’बाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन पारिजात स्मृति केन्द्रको माग

वैशाख ११, काठमाडौँ । गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै पारिजातद्वारा लिखित ‘शिरिषको फूल’की पात्र सकम्बरीसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु संयोगमात्रै नभएको उल्लेख गरिएको छ ।

महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको वक्तव्यमा सकम्बरी गीतको छायांकनको क्रममा अप्रांसगिक रुपमा शिरिषको फूल पुस्तकको प्रयोग गरिएको र गीति भिडियोमा प्रस्तुत पात्रको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति आपत्ति जनाइएको छ ।

गीत निर्माण गर्दा केन्द्रसँग अनुमति नलिइएको र प्रतिलिपि अधिकारको उल्लंघन भएको समेत उल्लेख छ । साथै केन्द्र सर्जकको स्वतन्त्रताप्रति संवेदनशील रहेको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि उल्लेख छ । यसप्रति क्षमायाचना गर्न र दृश्यलाई सच्याउन समेत केन्द्रले माग गरेको छ ।

गीतले उपन्यासमाथि अन्याय गरेको र सपूतले क्षमायाचना गर्दै ‘शिरिषको फूल’सँग जोडिएका दृश्यहरु हटाउन माग गरिएको छ । दश दिनअघि सार्वजनिक सपूतको गीत ‘सकम्बरी’लाई अहिलेसम्म युट्युबमा १४ मिलियनले हेरेका छन् । गीत सार्वजनिक भएपछि महिलालाई वस्तुकरण गरिएको भन्दै उनको आलोचनासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय