बैशाख १७, काठमाडौं | अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’ मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए ।

‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १७, काठमाडौं | अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’ मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए ।

‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले"/>

2026-10-10 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सक्रिय राजनीतिमा लाग्ने कुरा पर्ख र हेरमै छ : राजेश हमाल

बैशाख १७, काठमाडौं | अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’ मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए ।

‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उनले भने । आफूलाई हालैको चुनावमा उम्मेदवार बन्न दलहरुले प्रस्ताव राखेको खुलाउँदै हमालले अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई पनि पर्ख र हेरको रुपमा आफूले लिएको बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई जनताको चाहनाअनुसार चल्न पनि सुझाव दिए ।

‘डेलिभरी’ हुने जनअपेक्षाका कारण नयाँ दलको उदाएको हमालको तर्क छ । ‘बाहिरबाट हेर्दा जनताले व्यक्तिलाई चाहेजस्तो देखिन्छ तर त्यसो होइन । व्यक्ति नेताको भाषण सुन्न जाने होइन । व्यक्तिको मुखबाट हाम्रो कुरा सुन्न आउँछ कि आउँदैन भनेर हो,’ उनले भने ।

हमालले कलाकारको रुपमा जनताले राजेश हमाललाई हेर्न आएको भ्रममा आफू नरहेको समेत बताए । ‘जनताले मलाई हेर्न होइन, मरुपी राजेश हमालबाट अपेक्षा गरेको मनोरञ्जन निस्कन्छ कि भनेर हो । मनोरञ्जन क्षेत्रमा लागेका पब्लिक फिगर कहिल्यै पनि भ्रममा नपरौं,’ उनले भने, ‘जनताले व्यक्तिलाई होइन, उक्त व्यक्तिबाट आफ्ना कुरा सम्बोधन हुन्छ कि हुँदैन भनेर हो ।’

राजनीतिज्ञ र कलाकार हरेक समय सान्दर्भिक हुनुपर्ने उनले बताए । ‘मैले कलाकारिता गर्दा सोचिनँ कि राजेश हमाललाई नै हेर्न आएको हो । यो भ्रममा म कहिल्यै परिनँ । उहाँहरुले मबाट राख्ने अपेक्षालाई हेर्न आउनुभएको हो । त्यो सफल भयो भने उहाँहरुको नजरमा म सान्दर्भिक रहन्छु । जुन दिन डेलिभर गर्न सक्दिन, म सान्दर्भिक रहँदिन,’ उनले भने ।

हरेक कालखण्डमा नयाँ दल आउने र जाने भइरहेको उदाहरण प्रस्तुत गर्दै उनले समयसापेक्ष रुपमा सान्दर्भिक हुने मात्र टिक्न समेत बताए । ‘२००७ सालदेखि नै पुराना र नयाँ दल आउने जाने क्रम जारी छ । हालैका चुनावबाट उदाएका दललाई लिएर म पर्ख र हेरको मुडमा छु,’ उनले भने, ‘राजनीति अटोपाइलटमा हुनुपर्छ, म्यानुअलमा होइन ।’

उनले कुनै दलमा आबद्ध नभई स्वतन्त्र रुपमा समेत राजनीति गर्ने बताए । ‘दर्शकले चाहनुभयो भने सक्रिय राजनीतिमा आउँछु,’ उनले भने, ‘गरें भने स्वतन्त्र रुपमा राजनीति गर्छु ।’ पछिल्लो स्थानीय निकायको चुनावमा हमालले आगामी पाँच वर्षमा आफू सक्रिय राजनीतिमा लाग्न सक्ने संकेत गरेका थिए ।

सन्तानको योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘मधु (पत्नी) र मेरै सल्लाहअनुसार चलेको छ यो कुरा । चाहेको बेला एउटा फुटबल टिम पनि तयार हुनसक्छ । जे भइरहेको छ हाम्रै सल्लाहमा भइरहेको छ ।’ -अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय