2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘किसीका भाइ किसीकी जान’ले भारतमा कमायो १०० करोड, नेपालमा कति?

वैशाख १८, काठमाडौँ | सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेपछि फ्यानहरुले राहतको सास फेरेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो ।

सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सीमा सोमबारदेखि गिरावट आएको थियो । यद्यपि, सप्ताहन्तले निर्माताको अनुहारमा केही खुसी ल्यायो । सोमबार महाराष्ट्रमा सार्वजनिक बिदा घोषणा भएकाले पनि फिल्मका लागि कमाइमा वृद्धि हुने अनुमान गरिएको छ । ट्रेड एनालिस्ट सञ्चिकका अनुसार किसीका भाइ किसीकी जानले आइतबार हिन्दी बजारमा १६.७७ प्रतिशत कब्जा गरेको छ ।

संख्या उत्साहजनक लाग्न सक्छ तर यो सलमानको स्टारडमको तुलनामा केही होइन । उनको पछिल्लो फिल्म ‘दबंग ३ (२०१९) ले २३० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो, जबकि उनको पछिल्लो फिल्म १५० करोड भारुको निकट पनि नहुन सक्छ । दक्षिण भारतीय ‘वीरम’को रिमेक रहेको यो फिल्म सन् २०२३ मा ‘पठान’ र ‘तु झुटी मैं मक्कर’पछिको एक सफल हिन्दी फिल्ममध्ये एक हुनसक्छ ।

‘किसीका भाइ किसीकी जान’मा पूजा हेग्डे, वेंकटेश दग्गुबाती, भूमिका चावला, पालक तिवारी, सिद्धार्थ निगम, राघव जुयाल, शहनाज गिल लगायतका कलाकारहरुको पनि अभिनय छ । सलमानको स्टार पावरका कारण यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भए पनि यसले समीक्षकलाई प्रभावित गर्न भने सकेन ।

इन्डियन एक्सप्रेसकी शुभ्रा गुप्ताले यसलाई ‘अकल्पनीय’ भन्दै समीक्षा गरेकी थिइन्, ‘यो भाइजान हामीले देखेका हरेक भाइजानको थकित र अकल्पनीय संयोजन हो ।’ नेपाली बक्स अफिसमा समेत यो फिल्मले अपेक्षाभन्दा कम व्यापार गरिरहेको छ । दुई सातामा फिल्मले नेपाली बक्स अफिसमा तीन करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय