2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पहिलो साता नै हलबाट हट्यो ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ ले कति कमायो ?

बैशाख २२, काठमाडौँ | गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नु ल ६’ पहिलो साता नै हलबाट हटेको छ । फिल्मले आफ्नै पूर्वश्रृंखलाको उपलब्धिलाई हासिल गर्न सकेन । चलेको ब्राण्ड नै सात दिनमा हलबाट उत्रिएको पहिलोपटक हो । 

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ मा आशिर्वाद बराल र आँचल शर्माको मुख्य भूमिका रहेको छ । किशोर र तन्नेरी पुस्ताको प्रेम र परिवारको कथावस्तु रहेकाे याे फिल्मकाे पहिलो दिनको ओपनिङ समेत निकै कमजोर रहेको थियो । चलचित्र विकास बोर्डका अनुसार सात दिनमा फिल्मले २५ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

गत साता नै रिलिज भएको अर्को नेपाली फिल्म ‘प्रसाद २’ को कमाइ पनि निकै कमजोर हो । चलेको फिल्मको सिक्वेल भएकाले यसको पहिलो साताको कमाइ कम्तीमा डेढदेखि दुई करोड ग्रस अनुमान थियो । तर बोर्डका अनुसार फिल्मको पहिलो साताको कमाइ ७० लाख रुपैयाँ ग्रस हाराहारीमा छ । शुक्रबार र शनिबारको सार्वजनिक बिदाको कारण ‘प्रसाद २’ को कमाइमा केही सुधार हुने अनुमान गर्न सकिन्छ ।

चौथो सातामा प्रवेश गरेको ‘जारी’ले पनि पछिल्लो सप्ताहन्तमा सुखद कमाइ गरिरहेको छ । शुक्रबार र शनिबारको बिदामा सन्तोषजनक अकुपेन्सी देखिएको छ । बोर्डको तथ्यांकअनुसार ‘जारी’को तेस्रो सातासम्मको कमाइ १५ करोड रुपैयाँ ग्रस छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय