2026-10-10 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पल र पूजाले सँगै थापे अवार्ड, तर बोलेनन् !

वैशाख ३१, काठमाडौँ | शुक्रबार आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा वि.सं २०७८ सालमा रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’बाट नायक पल शाह र नायिका पूजा शर्माले ‘बेष्ट पर्दाको जोडी’को अवार्ड प्राप्त गरे । यो अवार्ड घोषणा भैरहँदा नायक पल शाह हलमा थिए । तर, पूजा शर्मा कार्यक्रम स्थलमा आइपुगेकी थिइनन् । यसैले, पलले एक्लै स्टेजमा गएर यो अवार्ड थापे । 

एक समय अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माबीच बलियो सम्बन्ध थियो । उनीहरुले थुप्रै प्रोजेटसँगै काम गरेका छन् । अभिनेता पल शाह जेल जाँदा दुवै अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएको थियो । जसको निर्माण पूजा आफैले गरेकी थिइन् ।

पल जेलमा हुँदा पूजा पटक पटक भेट्न पुगेकी थिइन् । पल निर्दोष भन्दै अन्तर्वार्ता समेत दिँदै हिँडेकी पूजा उक्त कारणले धेरै पटक आलोचित समेत भइन् । तर जेलबाट निस्किएपछि पल र पूजाको सम्बन्धमा तिक्तता आएको खबर लगातार बाहिर आइरह्यो । उक्त खबरलाई शुक्रबार आयोजित ‘सिने सर्कल अवार्ड’ ले पनि पुष्टि गर्छ ।

पल जेलबाट निस्किएको साढे २ महिनापछि पहिलो पटक पूजा र पल सार्वजनिक कार्यक्रममा आमुन्ने सामुन्ने भएका थिए । तर बोलचाल भने गरेनन् ।

स्टेजमा दुवैले जोडिएर क्यामेरातिर फर्किएर अवार्ड देखाए । तर, उनीहरुबीच कुनै गफगाफ भएको वा दुवैले एक अर्काको अनुहारमा हेरेर खुसी साटेको देखिएन । अवार्ड थापेपछि दुवै स्टेजबाट फर्किएर आफू बसेको स्थानमा गए ।

फिल्मी पर्दामा वेस्ट जोडीको रूपमा चिनिएका यी दुबैबीच बोलचाल नहुनुलाई दुई बिच राम्रै खटपट भएको बुझ्न सकिन्छ । अवार्ड सकिएपछि मिडियाकर्मीसँग कुराकानी गर्ने क्रममा भने पूजाले पलसँग ‘हाई हेल्लो’ मात्र भएको गफ दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक