2026-10-10 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

५० वर्षको उमेरमा फेरि पिता बने प्रभुदेवा

जेठ ३०, काठमाडौँ | बलिउडका चर्चित डान्स कोरियोग्राफर तथा निर्देशक प्रभु देवा फेरि पिता बनेका छन् । प्रभुले आफ्नी श्रीमती डा हिमानीसँगै छोरीलाई स्वागत गरेका हुन् ।

टाइम्स अफ इन्डियासँग कुरा गर्दै प्रभु आफैले यो खबरको पुष्टि गरेका हुन् । उनले भने, ‘म यो उमेर (५०) मा फेरि बुबा बनेको छु। म धेरै खुसी छु र पूर्ण महसुस गरिरहेको छु ।’

प्रभुले आफ्नी छोरी र परिवारसँग बढी समय बिताउन आफ्नो कामको बोझ कम गरेको पनि खुलासा गरे। उनले धेरै हिन्दी, तमिल र तेलुगु फिल्महरू निर्देशन गरेका छन्। सलमान खान अभिनित ‘राधे’ उनको अन्तिम निर्देशन थियो।

पहिलो श्रीमती रामलतासँग सम्बन्धविच्छेद भएको ९ वर्षपछि प्रभुले २०२० मा डा हिमानीसँग दोस्रो विवाह गरेका थिए । प्रभुको पहिलो विवाहबाट ३ सन्तान थिए, जसमध्ये एकको क्यान्सरका कारण मृत्यु भएको थियो । बाँकी दुई सन्तान आमासँगै बस्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक