2026-10-10 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अग्रिम बुकिङमा प्रभासको ‘आदिपुरुष’ ले बनायो नयाँ कीर्तिमान

जेठ ३२, काठमाडौँ | दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ को क्रेज बढिरहेको छ।

‘आदिपुरुष’ रिलिज हुन एक दिन मात्रै बाँकी रहेकाले फ्यानहरूले धमाधम बुकिङ गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार दिल्लीमा एक टिकट २२०० भारूमा विक्री भइरहेको छ। थ्री-डीमा टिकटको मूल्य २२०० राखिएको छ भने टु-डीमा २००० राखिएको छ। 

टिकटमा उच्च मूल्य हुँदा पनि माग घटेको छैन। कतिपय हलमा ३ दिनसम्म टिकट शोल्ड आउट भएको बताइएको छ। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार बिहीबार बिहान ११ बजेसम्म भारतका दुई ठूला मल्टीप्लेक्स चेनमा मात्र ४ लाख ७९ हजार बढी टिकट विक्री भइसकेको छ। यो तथ्यांक हिन्दी र तेलुगु दुवै संस्करणको हो।  

‘आदिपुरुष’ले अग्रिम टिकट अग्रिम बुकिङको मामिलामा रामचरण र जुनियर एनटिआरको फिल्म ‘आरआरआर’ लाई पछि पारिसकेको छ।

हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म ‘आदिपुरुष’ लाई ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।

यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। 

यो फिलम जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो