2026-10-10 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

आदिपुरुष, द फल्यास र नीरफूलले शनिबारसम्म नेपालमा कति कमाए ?

असार ३, काठमाडौँ | प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । हलिउड फिल्म ‘द फल्यास’को पनि ओपनिङ कमजोर छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा एक करोड एक लाख रुपैयाँ नेट (झण्डै डेढ करोड ग्रस) कमाइ गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्टाटसपछिको विकसित परिस्थितिमा सुरक्षा त्रासको कारण काठमाडौंमा शुक्रबारको बिहानी प्रदर्शन रद्द भएको थियो । विवाद र बिहान हल बन्द भएपछि कमाइ प्रभावित हुन पुग्यो ।

हाइप र स्टारडम हेर्दा फिल्मको ओपनिङ भव्य हुने अपेक्षा गरिए पनि विवादको असर देखिएको छ । भारतमा भने फिल्मले ३७.२५ करोड भारु नेट र विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको व्यापार विश्लेषक सुमित कँडेलले जनाएका छन् ।

यसैबीच, प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फल्यास’ले दुई दिनमा नेपालमा १२ लाख रुपैयाँ नेट (१८ लाख रुपैयाँ ग्रस) कमाएको छ । नेपाली फिल्म ‘नीरफूल’ले दोस्रो शनिबारसम्म २१ लाख ३९ हजार नेट (२५ लाख रुपैयाँ ग्रस) कमाएको बोर्डले जनाएको छ । धमाधम ब्लकबस्टर फिल्म दिइरहेका दयाहाङ राईको यो न्यून कमाउने फिल्म समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो