2026-10-10 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘आदिपुरुष’मा राम बन्न इच्छुक थिएनन् प्रभास

एजेन्सी | निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा आएको छ । पहिलोपटक जब फिल्मको ट्रेलर रिलिज भयो, तब यो फिल्म सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । त्यसपछि ट्रेलरमा केही परिवर्तन गरिए ।

त्यसो त ट्रेलर पनि दर्शकले खासै मनपराएका थिएनन्, तर पनि दर्शकमा फिल्मले आफ्नो चाहना पुरा गर्नेमा आशावादी थिए । जून १६ मा जब फिल्म रिलिज भयो, तब दर्शकहरुको निशानमा फिल्म पर्यो ।

पौराणिक कथामा आधारित फिल्ममा जुन प्रकारले संवाद र भीएफएक्सको प्रयोग भयो, त्यो कुरा दर्शकका लागि अपाच्य भयो ।यसको परिणाम स्वरुप फिल्मविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म रिस पोखिए ।

फिल्म ‘बाहुबली’मा सबैलाई आफ्नो शरीर र अभिनयले मोहित पारेका प्रभास पनि ‘राम’को रुपमा दर्शकको मनमा बस्न सकेनन् । निर्देशक राउतका अनुसार फिल्ममा प्रभास पनि रामको भूमिकामा अभिनय गर्न इच्छुक थिएनन् । तर निर्देशक राउतले उनलाई मनाएरै छोडे ।

 ‘साँचो कुरा भन्नु पर्दा प्रभासलाई मनाउनु सजिलो थिएन, किनकी महामारीको समयमा मेरो ऊसँग फोनमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रभासले मलाई यस्तो के छ कि म यो भूमिका निभाओस् भन्ने तपाईं चाहनुहुन्छ भनेर सोधे । त्यसपछि मैले भने म चाहन्छु तपाई प्रभु श्रीरामको भूमिका निभाउनुहोस् । 

उहाँले भने पक्का ? मैले हो भनें । तर फेरी उहाँ सोच्न थाल्नुभयो कि यो कसरी हुन्छ ?

यति ठूलो स्टारलाई जुममा कल गरेर फिल्मको कथा सुनाउनु असम्भव थियो ।

त्यसै दिन मैले एक पाइलट व्यवस्था गरें र मुम्बईबाट हैदराबाद आएँ’, ओमले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘म हैदराबाद गएँ र जब मैले उहाँलाई फिल्म सुनाएँ, तब उहाँले सहमति जनाउनुभयो । उहाँ निकै उत्साहित हुनुहुन्थ्यो । उहाँ एक यस्तो व्यक्ति हो, जसले जहिल्यै मेरो समर्थन गर्नुभयो र ममाथि विश्वास गर्नुभयो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो